‘सहकारीको जोखिम कम गर्न : कर्जा सूचना केन्द्र’

आदर्श अनलाइन, बागलुङ
नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सहकारीमा आएको समस्यालाई कम गर्नका लागि कर्जा सूचना केन्द्र तत्काल स्थापना गर्नु पर्नेमा जोड दिनु भएको छ ।

राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले आयोजना गरेको २ दिने सम्पत्ती शुद्धिकरण निवारण तथा गोएमल सम्बन्धी तालिम शुभाम्भका अवसरमा बोल्दै दाहालले कर्जा सूचना केन्द्र स्थापनामा जोड दिनु भएको हो ।

No description available.

सहकारी अभियानको जोड कर्जा सूचना केन्द्र स्थापनामा हुनु पर्ने हो, अभियानको ध्यान खास विषयमा नगएर अन्यत्र मोडिएको हो कि ? भन्ने आशंका व्यक्त गर्दै दाहालले अभियान एकताबद्ध भएर कर्जा सूचना केन्द्र स्थापनामा लाग्नु पर्ने बताउनु भयो ।

एउटा सहकारीमा खराव ऋणी बनेको मान्छे, अर्को सहकारीमा जान्छ र ऋण उपयोग गर्छ, एउटा व्यक्ति दर्जनौ सहकारीको सदस्य बन्ने र त्यहाँबाट ऋण लगेर नतिर्ने गरेका उदाहरणहरु छन, पूर्व निर्देशक दाहालले भन्नुभयो,–‘सहकारीको ऋण गलत व्यक्तिमा जान नदिनका लागि तुरन्तै कर्जा सूचना केन्द्रको आवश्यकता छ ।’

No description available.

सहकारी ऐन आएको ६ वर्ष भयो, ऐनका मुख्य प्रावधानहरु अझै कार्यान्वयन भएका छैनन्, सहकारी अभियान र राज्यको ध्यान ऐन कार्यान्वयन गरी सहकारीलाई शुद्धिकरण गर्नेतर्फ जानु पर्ने दाहालको सुझाव छ ।

सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धमा नेपाल राष्ट्र बैंक र सहकारी विभागको निर्देशन कार्यान्वयन नभएको तर्फ चर्चा गर्दै उहाँले सबै सहकारीहरुले सहकारीमा स्रोत नखुलेको रकम छैन भन्ने प्रमाणित गर्नु पर्ने बताउनुभयो ।

No description available.

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले बचतमा उच्च व्याज दिने, मुनाफा सबैले भन्दा धेरै दिने होडवाजीका कारण सहकारीहरुमा समस्या देखिएको बताउनुभयो ।

सहकारीका सदस्यहरुलाई नाफा र ब्याजको लोभ देखाएर बचत संकलन गर्ने र त्यो बचत आफ्नो निजी सम्पत्ती आर्जन गर्न लगाउने व्यक्तिहरुले सञ्चालन गरेका सहकारीहरुका कारण सदस्य केन्द्रीत कारोबार गर्ने सहकारीमा पनि समस्या आएको भन्दै जिसीले यस्ता विषयमा सदस्यहरुलाई सचेत बनाउनु पर्ने बताउनुभयो ।

No description available.

तालिम शुभारम्भ कार्यक्रमको सञ्चालन सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले गर्नु भएको थियो । २ दिनसम्म सञ्चालन हुने तालिममा नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सहजीकरण गर्नु भएको छ ।

No description available.

तालिममा सम्पत्ति शुद्धिकरण ऐन, नियमावली, निर्देशन, सहकारी ऐन, नियमावली र निर्देशनका बारेमा जानकारी दिनुका साथै सहकारीहरुले सम्पत्ती सुद्धिकरण निवारण निर्देशन र गोएमएमल कार्यान्वयन सम्बन्धमा सहजीकरण गरिने बैंकका शाखा प्रमुख त्रिपाठीले जानकारी दिनुभयो ।

No description available.
No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *