धौलागिरीका सहकारीकर्मीलाई सम्पत्ति शुद्धीकरण र गोएमल सम्बन्धी तालिम

अदर्श अनलाइन, बागलुङ
सहकारीकर्मीहरुलाई सम्पत्ति शुद्धीकरण र गोएमएल सम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यका साथ बागलुङमा सञ्चालित २ दिने तालिम शुक्रवार सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले आयोजना गरेको तालिममा सम्पत्ति शुद्धीकरण निवारण तथा गोएमलका बारेमा सहजीकरण गरिएको थियो ।

No description available.

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ र सो अन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनद्वारा सहकारी संस्थाहरूमा हुने वित्तीय कारोबारको स्वच्छता एवम् पारदर्शिता कायम गर्नका लागि सहकारी विभागले जारी गरेको निर्देशन कार्यान्वयनमा तालिमले सहयोग पु¥याउने बैंकले जनाएको छ ।

No description available.

तालिममा नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सहजीकरण गर्नु भएको थियो । तालिममा सम्पत्ति सुद्धिकरण ऐन, नियमावली, निर्देशन, सहकारी ऐन, नियमावली र निर्देशनमा सहकारीका लागि व्यवस्था गरिएको विषयहरुको बारेमा जानकारी गराइएको थियो ।

No description available.

सम्पत्ति शुद्धीकरण र गोएमएलका विषयमा सहकारीहरुले पालना गर्नु पर्ने विषयमा जानकारी लिई समयमै संस्थाले गर्नु पर्ने काम सकेमा सहकारीहरुप्रतिको विश्वास बढ्दै जाने सहजकर्ता दाहालले बताउनुभयो ।

No description available.

उहाँले सहकारीले आफ्ना सदस्यहरुसंग मात्र वित्तीय कारोबार गर्ने भए पनि कतिपय सहकारीहरुले ऐनमा भएको व्यवस्था भन्दा बाहिर गएर काम गरेकाले सिंगो सहकारी अभियानप्रति नै नकरात्मक प्रचार हुने गरेको भन्दै यसलाई चिर्नका लागि सहकारीकर्मीहरुले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

No description available.

तालिम समापन कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारी संघ संस्थाका लागि राज्यका तर्फबाट बनाइएको नीति निर्देशनहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै सहकारीको साख बढाउन सबै सहकारीकर्मीहरु ऐक्यवद्ध भएर लाग्नु पर्ने बताउनुभयो ।

No description available.

बैंकको लैंगिक समता उपसमितिका सदस्य लिलादेवी खड्काले सहकारीमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि बैंकले सञ्चालन गरेको तालिम सहयोगी हुने धारणा राख्नु भएको थियो ।तालिम समापन कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले गर्नु भएको थियो ।

No description available.

तालिममा बागलुङ, पर्वत र म्याग्दीका विभिन्न सहकारी संघ संस्था ३० जनाको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *