बलेवा एकता सहकारीको बागलुङ बजार सेवा केन्द्रको साधारणसभा


सुजन रेग्मी, बागलुङ
बलेवा एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको एकाइगत साधारणसभा बागलुङ बजारमा सम्पन्न भएको थियो ।

बागलुङ बजार सेवा केन्द्र अन्र्तगतका शेयर सदस्य लक्षित गरी शनिबार बागलुङ बजारमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष सुरज बोसेलले सहकारीको नीति नियम र सिद्धान्तमा रहेर सञ्चालन गर्दा सहकारीमा समस्या नहुने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानाले बिग्रेका सहकारीले गर्दा राम्रा सहकारीलाई असर परेको बताउदै शेयर सदस्यले आफ्नो सहकारीको विषयमा बुझ्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा टिकाराम शर्माले सहकारी मात्र नभै केही काम गर्दा राम्रो संग बुझेर मात्र गर्न आग्रह गर्नु भएको थियो ।

संस्थाका प्रबन्धक भरत पौडेलले सहकारीमा हालसम्म २ हजार २ सय ३३ शेयर सदस्य, रु.२ करोड ४४ लाख १७ हजार ३ सय शेयर रकम, रु. २१ करोड ९२ लाख ९१ हजार ५१ ऋण लगानी र रु.२१ करोड ८८ लाख ४५ हजार ९ सय १३ निक्षेप रहेको बताउनुभयो ।

पौडेलले सदस्य मैत्री भएमा सहकारीमा समस्या नआउने भन्दै बचतकर्तालाइ निर्धक्क भएर बचत गर्न आग्रह गर्नुभएको थियो । सहकारीमा उत्कृष्ट कारोबार गर्ने सागर सुबेदी, नारायण पौडेल र बाबुराम लम्साल लाइ पुरस्कृत गरिएको थियो ।

२९ गते हुने केन्द्रिय साधारणसभाका लागि बजार सेवा केन्द्रबाट संयोजक चन्द्रप्रकाश शर्मा गणेश, सचिव तारानाथ आचार्य र कल्पना सुवेदीलाई प्रतिनिधी छनौट गरिएको प्रवन्धक पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रम सेवा केन्द्रका संयोजक चन्द्रप्रकाश शर्मा गणेशको अध्यक्षता, सह–संयोजक प्रकाश शर्माको स्वागत र सचिव तारानाथ आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *