मौसम खराबीका कारण म्यादीमा दुई हेलिकप्टर आकस्मिक अवतरण

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको मालिका गाउँपालिका ७ बिममा सोमबार बिहान दुई वटा हेलिकोप्टर आकस्मिक अवतरण भएका छन् ।

मौसम खराबी भएको भन्दै काठमाडौंदेखि धौलागिरी आधार शिविरका लागि उडेका दुई हेलिकप्टर मालिका गाउँपालिका–७ बिमको किसानी माविमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिनुभयो ।

अल्टिच्युड एयर र सम्रिक एअरको हेलिकप्टर विहान विद्यालयको मैदानमा आकस्मिक अवतरण गरेको उहाँले बताउनुभयाे । पर्यटक लिन धौलागिरी हिमालतर्फ जाँदै गर्दा खराम मौसमका कारण रोकिएको गुरूङले बताउनुभयाे ।

आइतबार बेलुकादेखि नै भारी वर्षा भइरहेको कारण हवाई उडान प्रभावित भएको प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *