एमसीसी परियोजनामा राजनीतिक स्वार्थ छ


आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिष्ट पार्टी धौलागिरि व्यूरोको आयोजनामा बागलुङमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

एमसीसीविरुद्ध विभिन्न चरणमा निरन्तर संघर्षको कार्यक्रम गर्दै आइरहेको नेपाल कम्युनिस्ट पार्टीले बागलुङमा पनि जिल्लाका राजनीतिक दलहरुसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा एमसीसी परियोजनामा विदेशीको राजनीतिक स्वार्थ रहेको बताएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य अनिल सीले एमसीसी र राष्ट्रिय स्वाधीनताको प्रश्न बारे अवधारणा पत्र प्रस्तुुत गर्नु भएको थियो ।

अवधारणा पत्र प्रस्तुत गर्दै एमसीसीको विरुद्धमा मोर्चा बनाएर आफूहरु अगाडि बढेको बताउदै नेपालमाथि अमेरिकाको हस्तक्षेप सुरु भएको धारणा राख्नु भयो । एमसीसी परियोजना लागुभएको मुलुकहरुलाई अध्ययन गर्दा नेपालमा समेत विदेशी हस्तक्षेप बढाउन उक्त परियोजना लागु गरिएको वक्ताहरुले बताएका थिए ।

एमसीसी चीन घेर्ने रणनीतिका साथ आएको भन्दै उहाँले नेपाल अमेरिकाको कब्जामा पुग्न लागेकोले यस विषयमा सबै नागरिक सचेत बन्नुपर्ने बेला आएको बताउनु भयो ।

सो अवधारणा पत्रमा कार्यक्रममा सहभागी जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले टिप्पणी गरेका थिए । एमसीसी सैनिक रणनीति भएको भन्दै सहभागीले एमसीसी देशको अहितमा रहको बताउदै नेपालमा अमेरिकी साम्राज्यबाद ल्याउने शडयनत्र भएको बताएका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं बागलुङ इन्चार्ज गोविन्द पौडेल, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लाल बहादुर थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष तिलक थापा, नेपाल समाजवादी पार्टीका जिल्ला इन्चार्ज चित्र सापकोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज दलसिङ खत्री, वरिष्ठ अधिवक्ता काजि गाउँले श्रेष्ठ, विद्यामन्दिर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वावुलाल शाक्य, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगाएतले एमसीसी परियोजनाका विषयमा बोल्नुभएको थियो ।

कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा धौलागिरि व्यूरो इन्चार्ज विकिरण सीको अध्यक्षता प्रसिद्ध सीको स्वागत र नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज क्रान्ति सीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *