नेकपा एकीकृत समाजवादी बागलुङको बैठक सम्पन्न


आदर्श अनलाइन, बागलुङ

नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी बागलुङको बैठक सम्पन्न भएको छ ।

पार्टीका स्थायी कमिटि सदस्य रामजी प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा आगामी महाधिवेशन, मेचि महाकाली समाजवादी जागरण अभियान, संगठन विस्तार लगायतका विषयमा छलफल भएको छ ।

बैठकलाई एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य श्रीनाथ वरालले आगामी महाधिवेशनले समाजवादी कार्यक्रम निर्माण गरिने वताउनु भयो ।



कार्यक्रमलाई प्रदेश कमिटि सचिव प्रतापलाल श्रेष्ठ, जिल्ला इन्चार्ज श्रीप्रसाद शर्मा प्रदेश सदस्य भुपाल चालिसे, तिलवहादुर थापा लगायतले मन्तव्य राख्नु भएको छ ।

कार्यक्रम जिल्ला कमिटि अध्यक्ष लाल वहादुर थापाको अध्यक्षता, सीता थापाको स्वागत र सचिव भरत पुरीको सञ्चालन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *