नगरपालिकाद्वारा विद्यार्थी र विद्यालय सम्मान


आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले एक कार्यक्रमका बीच विभिन्न बिधामा बिद्यार्र्थी र विद्यालयलाई सम्मान गरेको छ ।

नगरपालिकाले आयोजना गरेको प्रधानध्यापकहरुको बैंठकको अवसरमा बालदिवसको दिन नगरपालिकाले आयोजना गरेको बाल दिवसको अवसरमा बालमैत्री नगरपालिका घोषणा गर्न नगरप्रमुखलाई चिठी विषयक निवन्ध लेखन प्रतियोगितामा बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।

यस्तै एसईइमा चार जिपिए ल्याउने विद्यार्थी र नगरका पाँच सामुदायिक तथा नीजि विद्यालयलाई सम्मान गरिएको थियो ।



कार्यक्रममा निबन्ध लेखनमा गणेश माध्यामिक विद्यालयका प्रथम अभिषेक बिक, सिगाना माध्यामिक विद्यालयका कविता खत्री द्धितीय, त्रिभुवन माध्यामिक विद्यालयका समिक्षा पन्त तृतीय र कालिका कन्या मन्दिरका कुशल कंडेल सान्तवना हुँनुभएको थियो ।

उहाँहरुलाई नगद क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार सहित सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।



पोखरेलका अनुसार एसईईमा चार जिपिए ल्याउने रक्षा घिमिरे, प्रतिक घिमिरे, सायन भण्डारी, सुमन नेपाली, विवेक परियार, सुवास शर्मा र आशिस केसीलाई सम्मान गरिएको थियो ।

यस्तै नगरपालिकाले गशेण माध्यामिक विद्यालय, रुद्रेपिपल माध्यामिक विद्यालय, भिमगिठे माध्यामिक विद्यालय, न्यूरो ओएसिस एकेडेमी र आदर्श विद्यामन्दिरलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाले २०८१ पुष भित्रै बालमैत्री शुसासन युक्त नगरपालिका घोषणा गर्नका लागि आवश्यक सूचक पुरा गर्न विद्यालयहरुलाई अनुरोध गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *