चाडपर्व लक्षित बजार अनुगमन


आदर्श अनलाइन, बागलुङ
चाडपर्व नजिकिएसंगै बागलुङ बजारको अनगुमन गर्न थालिएको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र जिल्ला प्रशासन कार्यालयको अगुवाईमा आइतबार बागलुङ बजार अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा बागलुङ बजारका बिभिन्न किनारा पसलहरुमा म्याद गज्रेका अखाद्य सामाग्री फेला परेको छ ।

राष्ष्ट्रिय उपभोक्ता मञ्च बागलुङ र पत्रकार सहितको अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालय आसपास, भलायटोल देखि देउरालीचोक सम्मका विभिन्न किराना पसलहरुमा अनुगमन गरिएको थियो । सोमबार अन्य स्थानमा अनुगमन गर्ने योजना रहेको छ ।

अनुगमनका क्रममा धौलागिरी भुजामा मिति सच्चाएको, अर्ना बियरमा मिति गुज्रेको र रिजालको दालमोटमा मिति गुज्रेको पाइएको छ । यस्तै अनुगमनको क्रममा लेज, कुरकुरे, फ्यान्टा, कोक तथा स्प्राइटको समेत मिति गुज्रेको पाइएको छ ।



मिति गुज्रेका सामाग्रीहरुलाई पसलमै नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । अनुगमनमा देखिएको त्रुटीलाई सच्चाउन व्यापारीहरुलाई सचेत बनाइएको भन्दै बरालले अब नियमित बजार अनुगमन गर्ने बताउनुभयो ।

अनुगमनका क्रममा मिति गुज्रेका सामाग्रीहरु समेत मिति कायम भएका सामाग्री संगै राखेर विक्रि गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका खाद्य प्राविधिक सहन्सा कुमार महतोले जानकारी दिनुभयो ।

आगमी दिनमा मासु पसलमा समेत अनुगमन थालिने र दर्ता नभएका पसलहरुलाई दर्ताका लागि अनुरोध गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंङ थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *