खत्री परिवारले गराए आश्रममा भोजन

आदर्श अनलाइन, बागलुङ
गलकोट नगरपालिका–१ दुदिलाभाटीका एक परिवारले सोह्रश्रद्धाको अवसरमा मानव सेवा आश्रम बागलुङमा भोजन गराएको छ । दुदिलाभाटीका टेकबहादुर खत्रीको परिवारले आश्रममा आश्रय लिँदै आएका नागरिकहरुलाई मंगलबार विहानको खाना खुवाएका हुन् ।

No description available.

खत्री परिवारले करिब नौँ हजार पाँच सय बराबरको भोज खुवाएका थिए । हजुबुबा कटकबहादुर खत्री, हजुरआमा खगी कुमारी खत्री र पदमकुमारी खत्रीको स्मतिमा आफूहरुले आश्रममा आश्रति नागरिकहरुलाई एक छाक खाना खुवाएको चन्द्रबहादुर खत्रीले बताउनुभयो ।

आश्रममा सहयोग गर्नु पुण्य कार्य भएको भन्दै आफ्नो दाजुभाई मिलेर एक छाक खानको व्यवस्थापन गरेको खत्रीको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *