एमाले गण्डकीको लेखा समिति अध्यक्षमा बागलुङका जिसीको उमेदवारी

आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट चयन गरिने लेखा समितिको अध्यक्ष पदमा बागलुङका राम बहादुर जिसीले उमेदवारी दिनु भएको छ ।
बागलुङको काठेखोला गाउँपालिकाबाट सर्वसम्मत रुपमा प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका जिसीले प्रदेशको लेखा समितिको अध्यक्षमा उमेदवारी दिनु भएको हो ।

३ कार्यकाल एमालेको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको सदस्य रहेर पार्टीको काम गर्दै आएका जिसीले २ वर्ष पहिला बागलुङ जिल्ला कमिटिको अधिवशेनमा उपाध्यक्ष पदमा उमेदावारी दिनु भएको थियो । जिल्लाको भौगोलिक अवस्थाका कारण क्षेत्र नम्बर २ लाई उपाध्यक्ष र सचिव पद दिने नेताहरुको सहमति पछि जिसीले जित्ने संभावना भएको उपाध्यक्ष पदबाट उमेदवारी फिर्ता लिनु भएको थियो ।

विगत ३ दशकदेखि सहकारी र साढे २ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय जिसी यस भन्दा अगाडि नेकपा एमाले गण्डकी प्रदेश कमिटिको सदस्य रहेर काम गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष तथा जिल्ला सहकारी संघ बागलुङका पूर्व अध्यक्ष समेत रहनु भएका जिसी राष्ट्रिय सहकारी बैंकको लेखा समितिको सदस्यमा निर्वाचित भएर ५ वर्ष काम गरिसक्नु भएको छ ।

साढे दुई दशकको पत्रकारिता र ३ दशक सहकारी क्षेत्रमा काम गरियो, इन्सेकमा रहेर मानवअधिकारका क्षेत्रमा पनि लामो समय काम गरे, अब पार्टीको मुख्य जिम्मेवारीमा रहेर काम गर्ने इच्छा भएकाले प्रदेश अधिवेशन प्रतिनिधि भएको थिए, अधिवेशनमा सबैका भावना, चाहना र आफुलाई जानकारी भएको विषयवस्तुका आधारमा लेखा समितिको अध्यक्षमा रहेर काम गर्न उपयुक्त हुने ठानेर, लेखा समितिको अध्यक्षमा उमेदवारी दिएको छु, जिसीले भन्नुभयो । लेखा समितिको अध्यक्षमा नवलपुरका अमृत ज्ञवालीसंग जिसीको प्रतिस्पर्धा हुने भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *