ताराखोलामा जिप दुर्घटना हुँदा सात जना घाइते

आदर्श अनलाइन, बागलुङ
बागलुङको ताराखोला गाउँपालिका गाउँपालिका–३ को मनिवलमा जीप दुर्घटना हुँदा सात जना घाईते भएका छन् । ग १ ज ६५४० नम्बरको जीप बिहिबार साझ ४ :४० बजे दुर्घटनामा परेको हो ।

जिपकाे ब्रेक फेल भएर दुर्घटना भएकाे उहाँकाे भनाइ छ । घाइते हुनेमा ताराखोला– ५ चरौदीकुनाका मिलन सापकोटा, सिपकी शिर कुमारी दर्जि, रबि परियार, मनिसा परियार, शुसिला परियार, ताराखोला–४ दलान्चौरकी कमला खत्री र ताराखोला–२ अर्गलका भिम बहादुर रोका रहेको उहाँले बताउनुभयाे ।

जिपमा सवार सबैको उद्धार गरेर उपचारका लागि पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *