एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी हुनु भएकाे छ । शर्मा ५३१ मत प्राप्त गरी विजयी भएका हुनु भएकाे हाे । उहाँका प्रत्यासी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका गर्नु भएकाे छ। उपाध्यक्षमा शर्मा प्यानलका मिन प्रसाद गुरुङले ५३४ मत गरी विजयी हुनु भएकाे छ भने उहाँका प्रतिस्पर्धी वावुराम विकले ३६२ मत प्राप्त गर्नु भएकाे छ। सचिवमा शर्मा प्यानलकै धनञ्जय दवाडी ५२० मत प्राप्त गरी विजयी हुनु भएकाे छ । उहाँका प्रतिस्पर्धी रश्मी आचार्यले ३७६ मत प्राप्त गर्नुभयाे ।

महिला उपसचिवमा शर्मा प्यानलका मञ्जु अधिकारीले ५३१ मत प्राप्त गरी विजयी हुनु भएकाे छ । प्रतिस्पर्धी मिना गुरुङले ३६५ मत प्राप्त गर्नुभयाे । अर्का उपसचिवमा शर्मा प्यानलका दाम वहादुर विश्कर्माले ४९९ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी सन्तोष रावलले ३९७ मत प्राप्त गर्नुभयाे।

त्यसैगरी लेखा समितिको अध्यक्षमा शर्मा प्यालनका अमृत प्रसाद ज्ञवालीले ४५६ मत प्राप्त गरी विजयी भएका हुनुभयाे भने प्रतिस्पर्धी राम बहादुर जिसीले ४४० मत प्राप्त गरेका गर्नुभएकाे छ । लेखा समितिको सचिवमा शर्मा प्यानलका विर बहादुर विश्वकर्मा ४२९ मत प्राप्त गरी विजयी हुँदा वैकुण्ठ आचार्यले २४१ मत प्राप्त गर्नुभयाे।

लेखा समितिको उपाध्यक्षमा अधिकारी प्यानलका उपाध्यक्ष शिवहरी पौडेल ४६७ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी गिरीधारी सापकोटाले ४२९ मत प्राप्त गर्नुभयाे । विभिन्न कलष्टरबाट प्रदेश कमिटी निर्वाचित अधिकांश सदस्यहरु शर्मा प्यानलका रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *