लगानीकर्ता आकर्षित गर्न शिक्षा तथा सचेतना


आदर्श अनलाइन, बागलुङ

विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा नेपाल धितोपत्र वोर्डको आवहन तथा नेपाल मर्चेन्ट बैंकर संघको समन्वयमा ग्लोबल आइएमई क्यापीटल लिमिटेडद्वारा धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा शुक्रबार लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ ।

पूँजी बजारमा नयाँ लगानीकर्ता लाई अवसर प्रदान गर्न तथा पुराना अनुभवी लगानीकर्ता लाई थप प्रोत्साहन गर्नको लागि बागलुङमा गरीएको उक्त कार्यक्रमले पूँजीबजारको चेतनालाई थप अभिबृद्धि गराएको सरोकारवालाहरूले बताएका छन् ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक दिपेश ताम्राकार, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अध्यक्ष प्रेम राज जोशी, धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. राम प्रसाद उपाध्याय, ब्यवस्थापन संकायका विभागिय प्रमुख ध्रुव राज गौतम, ग्लोबल आइएमई बैंक लिमिटेड बागलुङका शाखा प्रबन्धक हेमराज शर्मा, क्याम्पसका प्राध्यापक ज्युहरु, क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा सरोकारवाला निकायको उलेख्य सहभागिता रहेको थियो ।

अन्तर्रक्रियात्मक उक्त कार्यक्रमको सहजीकरण ग्लोबल आइएमई क्यापिटल लिमिटेडका नायव प्रबन्धक छविलाल शर्मा पौडेल र अनुसन्धान विभागका अनिल हुमागाईंले गर्नु भएको थियो भने छलफलमा उठेका प्रश्नहरुमा सवाल जवाफ नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक दिपेश ताम्राकारले गर्नु भएको थियो ।

कार्यक्रम ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षता, धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उपाध्यायको प्रमुख आतिथ्यता एबं ग्लोबल आइएमई क्यापिटल लिमिटेडका नायव प्रबन्धक छविलाल शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *