चाडपर्व लक्षित सरसफाइ कार्यक्रम सम्पन्न


सुजन रेग्मी, बागलुङ
सामाजिक कार्यमा अग्रसर लियो क्लब अफ धौलागिरी बागलुङले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

पछिल्लो समय चर्चामा रहेको पर्यटकीयस्थल भिरलाखुरी भ्यूपोइन्ट आसपासमा सरसफाई गरिएको छ । चाडपर्व नजिकिँदै गर्दा बागलुङ बजार नजिकका पर्यटकीय स्थल सरसफाइ राख्नुपर्ने र पर्यटक मनोरञ्जनका निम्ति घुँम्दै जादा घुम्ने स्थानहरूमा विभिन्न किसिमका फोहोर बस्तुहरु अधिक हुने र उदाहरणका निम्ति क्लबले सरसफाइ गरेको क्लबका अध्यक्ष मनिस कंडेलले बताउनुभयो ।

लियो क्लब अफ धौलागिरी बागलुङका अध्यक्ष मनिस कंडेलको अध्यक्षता र सचिव आस्मिन शेखको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा स्थानीयले बासिन्दाले पनि यो कार्यलाइ सहयोग गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *