एनआरएनको सचिव पदमा बागलुङका होमनाथ शर्माको उम्मेदवारी

आदर्श अनलाइन, बागलुङ
बागलुङको बलेवाका होमनाथ शर्माले गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

पछिल्लो २६ वर्षदेखि बैदेशिक रोजगारीको शिलशिलामा कतारमा हनुभएका शर्माले अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजमा आयोजना गरिएको उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रमको विचमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजका संस्थापक अध्यक्ष तथा संरक्षक समेत रहनुभएका शर्माले उम्मेदवारी घोषणासँगै आफ्ना प्रतिवद्धता र उम्मेदवरी घोषणा गर्नुको मुख्य एजेण्डाहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गर्नुभएको छ ।

वैदेशिक रोजगारीमा जानु भन्दा पहिले बागलुङको गलकोट क्षेत्रमा शिक्षण पेशमा आवद्ध रहेका शर्मा देशमा बढ्दो द्वन्द्वको कारण खाडी जानु परेको भएपनि परदेशमा पनि सधै नेपाली श्रमिकका पक्षमा काम गर्दै आएको बताउनु हुन्छ ।

सन् २००३ मा कतारमा गैरआवासिय नेपाली संघ स्थापना भएदेखिनै आवद्ध रहेर काम गर्दै आएका शर्मासँग बागलङ सेवा समाज कतारको संस्थापक उपाध्यक्ष सहित २ कार्यकाल अध्यक्ष भएर काम गरेको अनुभव रहेको छ ।

गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा उम्मेदवारी घोषण गरेका शर्माका मुख्य एजेण्डाहरु :
१) सुरक्षीत र मर्यादित वैदेशिक रोजगार
२) सामाजिक सुरक्षा कोषको सदुपयोग
३) बिदेशमा सिकेको ज्ञान्, सिप र आर्जेको धनको स्वदेशमा सदुपयोग
४) सम्मृद्ध नेपालको परिकल्पना
५) NRN को खस्किएको साखलाई सुधार्दै आम रूपमा दिगो एकता सहितको Smart NRNA
६) श्रमिकलाई प्रत्यक्ष हित हुनेगरि सहयोग र उद्दार
७) NRN को परिभाषा भित्र पर्ने सबै नेपालीलाई फ्री सदस्यता , फ्रीमा सबै डेलिगटेस सबैले आफ्नो नेतृत्व आफू भएकै ठाँउबाट अनलाईन मार्फत प्रत्यक्ष नेतृत्व चयन
यसरी अरु थप बिस्तृत विषयहरु समेटेर छिट्टै मेरो घोषणा पत्र यहाँहरु समक्ष ल्याउने प्रतिबद्धता सहित पुन यहाँहरुको पुर्ण साथ र सहयोगको लागि हार्दिक अपिल गर्दछु ।
धन्यवाद
होमनाथ शर्मा
केन्द्रिय सचिब पदको उमेदवार

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *