हरेलो मेलाको आयव्याय सार्वजनिक

आदर्श अनलाइन, बाग्लुङ
दोश्रो हरेलो मेलाको आयव्याय सार्वजनिक भएको छ । गत भदौ महिनामा भएको मेलाको आयव्याय सोमबार एक कार्यक्रम बिच सार्वजनिक गरिएको छ । भैरवस्थान मन्दिर गुठि व्यवस्थापन समितिका कोषाध्यक्ष तथा मेलाका आर्थिक संयोजक चन्द्र बहादुर खत्रीले मेलाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

आय तर्फ संघ र सस्था तथा व्यक्तिगत रुपमा ५ लाख ३३ हजार, कुश्मा नगरपालिकाबाट २० हजार, जैमिनि नगरपालिका २० हजार, ग्लोबल आइएमई बैकबाट १ लाख र बाग्लुङ नगरपालिकाबाट ४ लाख गरि दस लाख त्रीहत्तर हजार दस रुपैया रहेको छ ।

व्याय तर्फ सो अवसरमा आयोजित विभिन्न कार्यक्रमको पुरस्कार लगायतको गरि ६ लाख २५ हजार ५ सय खर्च गरेको बलेवा भैरवस्थान मन्दिर गुठि समितिका कोषाध्यक्ष चन्द्र बहादुर खत्रीले बताउनुभयो ।बाग्लुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सामाजिक, धार्मिक तथा पर्यटकीय कार्यहरुमा नगरपालिकाको साथ र सहयोग रहने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

कार्यक्रम भैरवस्थान मन्दिर गुठि व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालको अध्यक्षता, सचिव भिम पौडेलको सन्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *