मोना कप भलिबल सुरु

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीमा प्रथम मोना कप भलिबल प्रतियोगिता सुरु भएको छ । छ वटा स्थानीय तहहरुको सहभागिता रहेको प्रतियोगिता सदरमुकाम बेनीको खुल्ला मञ्चमा संचालन भएको छ ।

म्याग्दी प्रवासी संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौं अधिवेशनको पूर्व सन्ध्यामा प्रथम मोना कप भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । दुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका छ वटा स्थानीय तहका महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ ।

२५ वर्ष मुनीका खेलाडीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा राष्ट्रिय स्तरका खेलकुदमा सहभागी भएका खेलाडीहरुले सहभागिता जनाउन पाएका छैनन् भने खेलाडीहरु २०५७ भन्दा पछि जन्मेका मात्रै खेलेका छन् । प्रतियोगितामा बेनी नगरपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका, धवलागिरि गाउँपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका खेलाडीहरुले सहभागिता जनाएका छन् ।

खेलक्षेत्रका प्रतिभा पहिचान गरेर दक्ष खेलाडी उत्पादन गर्न कपको उद्देश्य रहेको भलिबल प्रतियोगिताका मुल संयोजक तथा मोनाका उपाध्यक्ष जंग पुनले जानकारी दिनुभयो । पुरुष तथा महिला भलिबल प्रतियोगिताको प्रथमले एक लाख ५० हजार, द्वितीयले ७५ हजार र तृतीयले ५० हजार र सहभागी हुने सबै टिमले २०/२० हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट खेलाडीलाई १० हजार रुपियाँ पुरस्कार व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *