७२८ जना कलेजो र मृगौलाका बिरामी लाभान्वित

आदर्श अनलाइन, बागलुङ
बागलुङमा पहिलो पटक कलेजो र मृगौलाका विरामीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट ७२८ जनाले लाभ लिएका छन् । पछिल्लो समय कलेजो र मृगौलारोगीका विरामीहरुको संख्यामा वृद्धि भइरहेको सन्दर्भमा यहाँको रोटरी क्लब अफ बागलुङको आयोजनामा दुई दिने कलोजो र मृगौला परिक्षण शिविरबाट ७२८ जनाको मृगौला र कलेजो परिक्षण गरिएको छ ।

७२८ जनाको कलेजो र मृगौला परिक्षण गरेकामा ३०० जनाको भिडियो एक्सरे, २२ जना मृगौलाका क्रोनिक विरामी फेला परेको, ४ जना कलेजोको विरामी फेला परेको र ४ जनाले मृत्युपछि अंगदान गर्ने सहमती जनाएको रोटरी क्लव अफ बागलुङका अध्यक्ष दिपेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

शिविरमा कलेजो र मृगौला बचाउनका लागि खानपानमा सुधार गर्नुपर्ने सल्लाह तथा सुझाव समेत दिइएको थियो । शिविरमा १०२ जनाको सुगर परिक्षण गरिएको थियो भने शिविरमा आएका कलेजो र मृगौलाका विरामीलाई रु.एक लाख बराबरको औषधी निःशुल्क वितरण गरिएको थियो ।

धौलागिरी अस्पताल बागलुङमा निःशुल्क मृगौला तथा कलेजो परिक्षण सम्बन्धीे शिविर बुधबार र बिहिबार सञ्चालन गरिएको थियो । सामाजिक कार्यमा सक्रिय रोटरी क्लव अफ बागलुङको १८ औं स्थापना दिवसको अवसरमा मृगौला तथा कलेजो रोगसंग सम्वन्धीत बिरामीलाई लक्षित गरि दुई दिने परिक्षण शिविर सञ्चालन गरिएको घिमिरेको भनाई छ ।

रोटरी क्लव अफ बागलुङ, रोट्रयाक्ट क्लव अफ बागलुङ, इन्ट्रयाक्ट क्लव अफ होली चाइल्ड तथा न्यु ओयसीयसको आयोजना, धौलागिरी अस्पताल, बागलुङ नगरपालिका, स्वास्थ्य कार्यालय र सगरमाथा लुम्विनी इन्सुरेन्सको सह–आयोजना एवं शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको छ ।

“अनुचित खानपान र खराव जीवनशैलीका कारण पछिल्लो समय मृगौला र कलेजोका विरामीहरु समेत वृद्धि भइसकेको सन्र्दभमा बागलुङमा कलेजो र मृगौलाका विरामीहरुलाई लक्षित गरी सेवा दिइएको हो” अध्यक्ष घिमिरेले भन्नुभयो” शिविरमा पत्ता लगेका मृगौलाका क्रोनिक २८ जना र कलेजोका ४ जनालाई तत्कालै उपचारका लागि सिफारिस गरेका छौं ।”

निकै महङ्गो मानिएको कलेजो र मृगौलाको उपचार सेवा बागलुङमै पाउदा सहज भएको शिविरमा पुगेका सेवजाग्राहीहरुको भनाई छ । बागलुङमा आएर कलोजो र मृगौलाको उपचार सेवा दिनुका साथै अंगदानका विषयमा नागरिकहरुलाई बुझाइएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक दिपा लामिछानेले बताउनुभयो ।

उहाँले बागलुङ जिल्लामा आएर कलेजो र मृगौलाका विरामीहरु पहिचान गर्दा आगमी दिनमा हुन सक्ने शारिरिक क्षतिलाई कम गराउन सहयोग पु¥याएको बताउनुभयो । लामिछानेले नेतृत्वको एक दर्जन स्वास्थ्यकर्मीको समूहले मृगौला र कलेजोको विरामीलाई सेवा प्रदान गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *