बागलुङमा यात्रु सहायता कक्षको स्थापना

आदर्श अनलाइन, बागलुङ
जिल्ला ट्राफिक कार्यालय बागलुङले यात्रु सहायता कक्ष स्थापना गरेको छ । चडपर्वका बेला यात्रुलाई पर्ने समस्या समाधानका लागि जिल्लाको चार स्थानमा यात्रु सहायत कक्ष स्थापना गरेको हो ।

यातायातका साधान बढी ओहोरदोहोर गर्ने स्थान र मुख्य बजारमा यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख मीनबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मालढुङ्गा, बागलुङ बजारको समिटचोक, गलकोटको हटिया बजार र ढोरपाटनको बुर्तिबाङ बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

स्थापना गरिएको यात्रु सहायता कक्षको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले उद्घाटन गर्नु भएको थियो । उहाँले कार्यक्रममा बोल्दै चाडवाडको समयमा बढी दुर्घटना हुने, भाडाका कारण यात्रु ठगिने, यात्रुको सामान हराउने समस्या कम गराउन सहायता कक्षको स्थापना गरिएको भन्दै यसले यात्रुलाई सहज हुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख योगेन्द्र कुमार खड्काले यस बेला समाजमा चोरी डकैती लगायतका घटनाहरु बढी हुने हुँदा यसको न्यूनिकरणका लागि चौबिसै घण्टा प्रहरी खटाइने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *