म्याग्दीमा समाजवादी मोर्चा गठन

आदर्श अनलाइन, बागलुङ
समाजवादी मोर्चाको जिल्ला समिति म्यादी गठन भएको छ । विभिन्न चार वटा राजनैतिक दलहरुको आवद्धता रहेको मोर्चाको शनिबार बसेको जिल्ला स्तरीय बैठकले नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक रेशमबहादुर जुग्जालीको संयोजकत्वमा ८ सदस्यीय संयोजन समिति गठन गर्ने निर्णय गरेको हो ।

सुरुमा माओवादी केन्द्रले नेतृत्व गर्ने भए पनि त्यसपछि हरेक तीन÷तीन महिनामा चक्रिय प्रणालीमा पार्टीहरुले मोर्चाको नेतृत्व गर्दै जाने र संयोजन समितिमा हरेक पार्टीबाट दुई÷दुई जना सहभागि हुने निर्णय गरेको मोर्चाले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

मोर्चा गठनको निर्णय सर्वाजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार हाल मोर्चामा माओवादी केन्द्रबाट जिल्ला संयोजक रेशमबहादुर जुग्जाली र विनोद केसी, नेकपाबाट मिनबहादुर सि र गोमा सि, नेकपा (एकीकृत समाजवादी)बाट बमबहादुर पाईजा र हरिकृष्ण पौडेल तथा जनता समाजबादी पार्टीबाट जिवन खाती र इन्द्रबहादुर छन्त्यालले प्रतिनिधित्व गरेको जनाइएको छ ।

समाजवादी मोर्चाको आयोजनामा आउँदो १८ गते शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने र जिल्लामा समेत समाजवादी सन्देश सभाको आयोजना गर्ने निर्णय भएको मोर्चाको संयोजक जुग्जालीले जानकारी दिनुभयो ।

कार्यक्रममा माओवादी केन्द्र जिल्ला इन्चार्ज गुप्तबहादुर हमाल, नेकपा धौलागिरी ब्यूरो प्रमुख विकिरण सि, नेकपा एस म्याग्दीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जनता समाजबादीका उपाध्यक्ष जीवन खातीले संविधानको रक्षा र समाजवादको आधार तयार गर्नका लागि केन्द्रमा समाजवादी शक्ति वीच सहकार्य, संघर्ष र समन्वयका लागि मोर्चा बनेको र मोर्चालाई जिल्लामा पनि प्रभावकारी बनाईने बताउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *