सदस्य सहकारीका मालिक हुन् : जिसी

आदर्श अनलाइन, म्याग्दी

राष्ट्रिय सहकारी महासंघका संचालक हुमाकुमारी जिसी ९अञ्जु०ले शेयर सदस्य नै सहकारीका मालिक रहेको बताउनुभएको छ । विश्वामित्र बचत तथा ऋण सहकारी संस्था बेनीको १२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै जिसीले कुनै पनि संस्थाको प्रगतिका लागि त्यसको मालिकको भूमिका महत्वपूर्ण हुने भएकाले शेयर सदस्यले आफ्नो जिम्मेवारी र भूमिका बुझेर काम गरेमा सहकारीमा समस्या नहुने उहाँको बताउनुभयो ।

No description available.

उहाँले भन्नुभयो–‘आम सदस्यको बुझाई सहकारीका सञ्चालकनै सहकारीका मालिक भन्ने जस्तो देखिएको छ, तर त्यस्तो होइन, सदस्यनै सहकारीका मालिक हुन् ।’ सहकारीलाई मजबुत बुनाउने आधार सदस्य भएको भन्दै उहाँले सहकारीको उन्नतिमा सदस्यको भूमिका प्रभावकारी हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।

No description available.

जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले सहकारी संस्थाको हितका लागि जिल्ला संघले भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले सहकारी अभियानलाई उचाइमा पु¥याउनका लागि हामी सबैले पहलकदमी लिनु पर्ने धारणा राख्नुभएको थियो ।

No description available.

साधारण सभामा विशेष बचतकर्ता राजन बानियाँ, साधारण बचतकर्ता चेतप्रसाद शेरचन, बालबचतकर्ता समृद्धि बिक र स्वर्णीम बचतकर्ता मदन बानियाँ र मनोज बानियाँलाई सम्मान गरिएको थियो । त्यस्तै मानविय सहायता अन्तरगत रघुगंगा गाउँपालिका–२ का बिनाकुमारी केसीलाई खाद्यन्न सामग्री प्रदान गरिएको संस्थाका उपाध्यक्ष भोजबहादुर रिजालले बताउनुभयो ।

No description available.

विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष यामबहादुर बानियाँको अध्यक्षता, भीमबहादुर खत्रीको सञ्चालनमामा सम्पन्न भएको वार्षिक साधारणसभामा उपाध्यक्ष भोजबहादुर रिजालले स्वागत गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिका–६ का वडा अध्यक्ष तथा सहकारीका पूर्व अध्यक्ष कृष्णसिंह बानियाँ, शेयर सदस्य मिनबहादुर कार्की लगायतले मन्तव्य राख्नुभएको थियो ।

विश्वामित्र सहकारीमा पाँच सय ३५ पुरुष, पाँच सय एक महिला तथा पाँच वटा संस्थागत शेयर गरी कुल एक हजार ४१ शेयर सदस्य रहेका छन् । संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा २२ करोड, ९० लाख १९ हजार छ सय ६९ रुपियाँ ऋण लगानी गरेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका अध्यक्ष यामबहादुर बानियाँले संस्थाको सदस्य संख्या बृद्धि गरेर चालु आर्थिक वर्षको अन्त्य सम्ममा दुई हजार पाँच सय पु¥याउने लक्ष राखिएको बताउनुभयो । साधारणसभासँगै सहकारीका सदस्यलाई अभिमूखिकरण समेत गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *