बागलुङमा प्रथम अमाचियोर फुटसल प्रतियोगिता हुने

रोहन जि.सी, बागलुङ

बागलुङमा कात्तिक १ गतेदेखी जिल्ला स्तरीय खुल्ला फुटसल प्रतियोगिता शुरु हुने भएको छ । अजितजंग रायमाझीको प्रायोजनामा कात्तिक १ र २ गते बागलुङमा संचालन हुने गरि प्रथम अमाचियोर (शौकिन) फुटसल प्रतियोगिता २०८० शुरु हुन लागेको हो ।

खेलमा बागलुङ जिल्ला भित्रका विभिन्न क्लब, संस्था, फर्मका खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
‘पछिल्लो समय खेलकुदमा युवाहरुको राम्रो क्रेज छ अहिले धेरै क्रिकेटले राम्रो क्रेज पाइरहेको छ, फुटसलले पनि पाइरहेको छ, त्यही क्रेज नघटोस् र युवाहरु खेलप्रति विश्वास जगाउन पनि प्रतियोगिता आयोजना गरेको खेलका व्यवस्थापक अजितजंग रायमाझीले बताउनुभयो ।

उहाँले प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन हुने पनि विश्वास गरेकोमा जोड दिनुभयो । ‘परिवर्तनका लागि खेलकुद’ नारा दिइएको उक्त फुटसल प्रतियोगिताका लागि आयोजकले रस आवर फुटसल प्रा.लिसँग सहकार्य गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको पहिलो चरणको खेल कात्तिक १ गते बुधबार हुने र सेमिफाइनल र फाइनल खेल कात्तिक २ गते बिहिबार हुने रस आवर फुटसल प्रा.लिका रञ्जन खत्रीले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले ५० हजार ५५५, मेडल, ट्रफी र प्रमाण पत्र र दोस्रो टोलीले २५ हजार ५५५, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुने रस आवर फुटसल प्रा.लिका रोशन खत्रीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *