सडक संघर्षमा इमेज पीडित


खेमराज गौतम, बागलुङ
दशैंको रमझमको समयमा सहकारीका बचत पीडितहरु भने दैनिकजसो सडक आन्दोलनमा भेटिन्छन् । उनिहरुलाई दशैंको भन्दा बचतको पिरलो छ । बागलुङमा इमेज बचत तथा ऋण सहकारी र शिव शिखबहुउदेशयी सहकारी संस्थाले बचत कर्ताको साढे दुई अर्ब रकम उठाएर फरार भएपछि दशैंको समयमा बचत कर्ताको बिचल्ली भएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाद्वारा डेढ अर्ब बचत उठाएर फरार भएका बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली बिरुद्ध बचत पीडितहरु कहिले राँके जुलुस त कहिले प्लेकार्ड सहित सडकमा उत्रेका छन् भने कहिले धर्ना बसिरहेका छन् । वडा दशैं शुरु भइसकेपनि पीडितलाई दशैंले छुन नसकेको बचत पीडितहरुले बताएका छन् । उनिहरु दशैं लगिसक्दा पनि सडकमै आन्दोलन गरिरहेका छन् ।

वडा दशैंको समयमा बागलुङ बजारमा किनमेलको माचो भइरहेको सन्र्दभमा इमेज सहकारी बचतकर्ता संघर्ष समिति बागलुङले सहकारीका अध्यक्ष देव कुमार नेपालीलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन माग गर्दै मंगलबार बागलुङ बजारमा बचत पीडितहरुले सिठ्ठी जुलुस गरेका थिए ।

ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका नेपाली संस्थापक अध्यक्ष रहेका इमेज सहकारीले पोखरा र बागलुङमा गरि बचतकर्ताको करिब २ अर्ब रुपैयाँ फिर्ता गरेको छैनन् । जेठ ५ गतेबाट फरार रहेका नेपालीलाई यथासिघ्र पक्राउ गरि बचतकर्ताको रकम फिर्ता गर्नु पर्ने र इमेज सहकारीलाई समस्याग्रस्त सहकारीको सूचिमा राख्न माग गर्दै चरणवद्ध आन्दोलन गरिरहेको संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताउनुभयो ।

“दुखजिलो गरेर बचत गरेको रकम चाडवाडको समयमा समेत फिर्ता नपाउदा बचत पीडितलाई कस्तो भएको छ, हामीलाई चाडवाडको भन्दा बचतको पिरलो छ” कार्कीले भन्नुभयो “६ महिना देखि राज्यलाई चुनौती दिएर फरार भएका देव कुमार नेपालीलाई राज्यले कानूनी दायरामा ल्याउन नसक्नु दुखद् हो ।”

कार्कीले सबैलाई दशैं लागेपनि बचत कर्ताहरुलाई दसा लागेको बताउदै देव कुमार नेपाली कानूनी दायरामा नआउदा सम्म आन्लोलन गर्न नछोड्ने बताउनुभयो । डेढ अर्ब रकम हिनामिनापछि भागेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली ६ महिनादेखि बेपत्ता छन् ।

नेपालीको खोजीमा राज्यले पहल नगरेको भन्दै पीडितहरूले राज्यको भ्यानाकर्षण गराउन निरन्तर सडक आन्दोलनमा बचतकर्ता छन् ।


एक हजार ७०० जनाको बचत उठाएर फरार भएपनि बागलुङमा सहकारी पीडितहरुलाई बचतले पिरोल्दै आएको बचत पीडित याम प्रसाद शर्माले बताउनुभयो । “राज्यले पीडितको कुरा सुनेन, फरार रहेका नेपालीलाई पक्राउ गरेर ल्याउनसमेत राज्यले बेवास्ता गरेको छ, चाडवाडको सयमा हामी जस्ता बचतकर्ताहरु सडकमा आउनु परेको छ” शर्माले भन्नुभयो “हामीजस्ताले राखेको रकमले घर गाडी किनेर मोज मस्ती गर्नेहरुलाई कार्वाही गर्न आवशयक छ ।”

गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म खुलेको छैन । सुरुमा तरलता अभाव देखाएको सहकारीले अन्ततः पैसा हिनामिना पारेपछि बन्द भएको छ । उनीविरुद्ध प्रशासनले डेढ महिनाअघि नै गृहमन्त्रालयमा रेडकर्नर नोटिस जारी गरिदिन सिफारिससमेत गरेको थियो । रेडकर्नर जारी हुँदा अन्तर्राष्ट्रिय तहमा पनि अभियुक्तको खोजी गर्न सकिने प्रावधान भएपनि अहिले सम्म रेड कर्नर नोटिस जारी भने भएको छैन ।

नेपालीको खोजी कार्य भइरहेपनि अहिले सम्म उहाँलाई पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *