बेनी नगरपालिकाको शुभकामना आदानप्रदान

आदर्श अनलाइन, म्याग्दी

म्याग्दीको बेनी नगरपालिकाले दशैंको शुभकामना आदानप्रदान गरेको छ । नगरपालिकामा शुक्रबार आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

नगरप्रमुख सुरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभाका सदस्यद्वय गोविन्द पौडेल र रेशम बानियाँ एवम् गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीले शुभकामना दिनु भएको थियो । उहाँहरुले शुभकामना संगै नगरको विकासमाा जिल्लाका राजनीतिक दल, पूर्व जनप्रतिनिधि र सरोकारवालाहरुसंग समन्वय गरेर गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । जिल्लाको सदरमुकाम भएकाले बाहिर बाट हेर्दा देखिने अनुहार नगर हुने भएकाले यसको बिकासले समग्र जिल्लाको सिनारीयो देखाउने बताउनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, नगर उप–प्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, गैरसरकारी संस्थाका अध्यक्ष दिपक पौडेलले शुभकामना मन्तव्य दिनुभएको थियो । शुभकामनाका क्रममा हुने खानेभन्दा पनि हुदाँ खाने जनतालाई लक्षित गरेर काम गर्न जिल्लामा सबै एकवद्ध भएर लाग्नुपर्नेमा जोडदिइएको थियो ।

अधिकृत युवराज थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *