जिल्ला संघका कोषाध्यक्ष पुनकी आमाप्रति श्रद्धाञ्जली


आदर्श अनलाइन, बागलुङ

जिल्ला सहकारी संघ लिमिटेड बागलुङका कोषाध्यक्ष लक्ष्मण पुनकी आमा टुल्की पुनको सम्झनामा शुक्रवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङ, आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ र सिम्रिक कृषि तथा पुश व्यवसायिक सहकारी संस्था लिमिटेड बागलुङले संयुक्त रुपमा श्रद्धाञ्जली सभा सम्पन्न गरेका हुन् ।

आदर्श सञ्चार सहकारी संस्था र सिम्रिक कृषि सहकारी संस्थाका शेयर सदस्य पुनकी आमाको निधन भएको चौथो पूण्य तिथि पारेर आयोजित श्रद्धाञ्जली सभामा जिल्ला सहकारी संघका अध्यक्ष तथा आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसीले स्वर्गीय टुल्की पुनले परिवार र समाजमा पु¥याउनु भएको योगदानको स्मरण गर्नु भएको थियो ।

जिल्ला सहकारी संघका सल्लाहकार तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, संघका सञ्चालक तथा नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका सञ्चालक खिम बहादुर कार्की, संघका सञ्चालक जगन्नाथ सापकोटाले स्वर्गीय पुनप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाका तर्फबाट अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले मृत्यु राहत रकम प्रदान गर्नु भएको थियो । संस्थाले शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका एकाघरका सदस्यको निधनमा ५ हजार रुपैया मृत्यु राहत रकम प्रदान गर्दै आइरहेको छ ।

काठेखोला गाउँपालिका वडा नंं ४ का वडा अध्यक्ष समेत रहनु भएका लक्ष्मण पुनकी आमा टुल्की पुनको असोज ३० गते आफ्नै निवासमा निधन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *