मुलुकका केही भूभागमा वर्षासहित हिमपातको सम्भावना

आदर्श अनलाइन, बागलुङ
जल तथा मौसम विज्ञान विभागले आज देशका केही भूभागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार बिहान मुलुकका केही पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सफा रहेको छ ।

विभागले दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागमा मौसम सफा रहनेछ । पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

यस्तै, आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *