कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन कात्तिक १९ मा

आदर्श अनलाइन, म्याग्दी
नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही महिनाको १९ गते जिल्ला सम्मेलन आयोजना गर्ने जानकारी गराएको छ ।

नेपाली कांग्रेस म्याग्दीले मंगलबार कांग्रेसको पार्टी कार्यालय संगमचोकमा पत्रकार सम्मेलनको आयोजना गरेर यही कात्तिक १९ गते जिल्ला सम्मेलन गर्ने जानकारी गराएको हो । कांग्रेसले जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराईएको छ ।

जिल्ला सम्मेलनको उद्घाटनमा प्रमुख वक्तामा नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा आउने कार्यक्रम रहेको नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको तयारीका लागि कार्यसम्पादन समितिलाई जिम्मेवारी दिएको र कार्यक्रमको तयारी अन्तिम चरण रहेको पुगेको समेत श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मेलनमा जिल्लाका ४५ वटै वडाका सात सय पचास हाराहारी क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य कार्यकर्ताको समेत सहभागिता रहने जनाइएको छ । कार्यक्रमलाई व्यवस्थीत र भव्य बनाईने नेपाली कांग्रेसका सचिव भरत बहादुर रकालले बताउनुभयो । प्रत्येक बर्ष गर्नुपर्ने सम्मेलन यस पटपक अधिवेशनपछि पहिलो पटक हुन लागेकाले अहिले सम्म कार्य समितिले गरेका काम र प्रगतिको बिषयमा छलफल हुने रकालले बताउनुभयो ।

उहाँका अनुसार लामो समयपछि हुन लागेको सम्मेलनले म्याग्दी कांग्रेस अबका दिनका कार्यकर्तामाझ कसरी जाने भन्ने बिषयमा समेत योजना तयार गर्ने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *