ब्लड क्यान्सर पीडित बालिकाद्वारा जीवन रक्षाको याचना

आदर्श अनलाइन, बागलुङ
डेढ वर्षदेखि ब्लड क्यान्सर रोगबाट प्रतारिड बागलुङ बजार निवासी १५ वर्षीया सिबिषा खड्काले जीवन रक्षाको याचना गर्नुभएको छ ।

ब्लड क्यान्सर लागेर डेढ वर्षदेखि काठमाण्डौंमा उपचाररत खड्काको उपचारका क्रममा अर्थअभाव भएपछि सहयोगको याचना गरिएको छ । बुधबार बागलुङमा पत्रकार सम्मेलन गरी सिबिषा खड्काले आफ्नो जीवन रक्षाका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ ।

उहाँले आफूमा बाच्ने रहर भएपनि ब्लड क्यान्सरका कारण डेढ वर्षदेखि उपचार गराउदा परिवारले ठूलो आर्थिक नोक्सानी व्यहोरेको भन्दै सबैको सहयोगमा आफूले बाँच्ने आश व्यक्त गनुभयो ।

“नौ कक्षामा पढ्दै थिए, अचानक विहोस हुने समस्या आयो, धेरै पटक कोमामा पुगे, अहिले पढाईमा समस्या छ, अहिले त सामान्य मान्छे जस्तै छु तर शरिरले किमो लिएको छैन, दोस्रो चरणको उपचारमा एक करोड खर्च लाग्ने भनिएको छ तेस्रो चरणमा मात्रै बोनम्यारो ट्रान्सप्लान्ट गर्ने हो” ब्लड क्यान्स पीडित खड्काले भन्नुभयो “परिवारले डेढ वर्ष सम्म उपचार गरिरहनुभएको छ, तर अब आर्थिक अवस्थाले थेग्न नसक्ने अवस्था आयो त्यसैले सहयोगका लागि आव्हान गरिएको छ ।”

आफैले जन्माएको छोरीलाई पटक–पटक मृत्युको मुखमा पुगेको देख्दा निकै दुखिद् भएको भन्दै छोरीको जीवन रक्षाका लागि सार्वजनिक अपिल गर्न बाध्य भएको शिबिषाको आमा रोशनी श्रेष्ठ खड्काले बताउनुभयो ।

खड्काले हालसम्मको उपचारमा रु. ५० लाख खर्च भइसकेको बताउनुभयो । आगमी उपचारका लागि रु. एक करोड खर्च लाग्ने अनुमान गरिएको भएपनि तत्कालै डाक्टरहरु समेत जोखिम मोल्न तयार नभएको खड्काको भनाई छ ।

उहाँले आफ्नो छोरीको उपचारमा संकलन भएको रकम खर्च नभएमा अन्य ब्लड क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सहयोग उपचारका लागि पुँवार खड्का समाजका अध्यक्ष अमर बहादुर खड्काको अध्यक्षतामा सहयोग संकलन समिति गठन गरिएको छ ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले सहयोग संकल अभियान र सामाजिक सञ्चाल र मिडियाको भूमिकाका विषयमा जानकारी राख्नुभएको थियो । कार्यक्रम निशान खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

ब्लड क्यान्सर पीडित खड्काको आमा शिखा श्रेष्ठको नाममा रहेको ग्लोबल आइएमइ बैंकको खाता नम्बर १२०७०१००००३३४ र इसेवा आइडी नम्बर ९८५७६२२२७० मा हियोग गर्न सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *