ट्रेड युनियन काँग्रेसको प्रशिक्षण तथा अन्तरक्रिया

आदर्श अनलाइन, बागलुङ

नेपाली काँग्रेसको सुवेक्षुक संस्थाको साझा संस्था नेपाल ट्रेड युनियन काँग्रेस बागलुङले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ट्रेड युनियन काँग्रेसका आवद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिलाई ट्रेड युनियनको अधिकार र कर्तव्यका बारेमा जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षाकोष र ट्रेडमा आवद्ध विभिन्न सवद्ध संस्थाको बारेमा सहभागीलाई जानकारी गराईएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवं नेपाल ट्रेड युनियन काँग्रेसका निवर्तमान केन्द्रीय महिला विभाग उपाध्यक्ष शकुन्तला शर्माले श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्न सवै ट्रेड युनियनमा आवद्ध संघ संस्थाहरु लाग्नुपर्ने बताईन ।

उनले नेपाली काँग्रेसका पुर्व सभापति एवं पुर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाले परिकल्पना गरेको श्रमिकको हक अधिकार सम्बन्धी व्यवस्थालाई अझै व्यवस्थित बनाएर प्रभावकारी बनाउनुपर्नेमा जोड दिईन । शर्माले ट्रेड युनियन कांग्रेसले श्रमिकको हक अधिकार स्थापित गर्न, सामाजिक सुरक्षा लागु गर्न, श्रमजीवीको हितमा ऐन कानुन निर्माण, सामाजिक एवं राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताईन ।

कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष उमाकान्त पौडेल, नेपाल ट्रेड युनियन काँग्रेसका निवर्तमान उपाध्यक्ष हुमा रिजाल लगायतले ट्रेड युनियन काँग्रेस नेपाली काँग्रेसका सुवेक्षुक संस्थाको छाता संस्था भएको हुँदा हरेक क्षेत्रको श्रमिकको हक अधिकारका निम्ती निरन्तर लड्ने बताए ।
अन्तरक्रियामा नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम कुमार घर्तिमगर, नेपाल निर्माण तथा सबद्ध श्रमिक संघका अध्यक्ष भिमबहादुर खत्री, नेपाल व्यापार तथा सम्बद्ध श्रमिक संघका अध्यक्ष डिबि कार्की, नेपाल व्युटिसियन संघका अध्यक्ष, लक्ष्मी पन्त, नेपाल कृषि श्रमिक संघका अध्यक्ष यामनारायण जैसी, नेपाल स्वास्थ्य स्वास्थ्यकर्मी संघका उपाध्यक्ष हरि पौडेल, र नेपाल गृह श्रमिक संघका अध्यक्ष गुमा छन्त्यालले संघ संस्थाको बारेमा आफ्ना धारणा राखेका थिए । प्रशिक्षण कार्यक्रमको सहजीकरण नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष घनश्याम रेग्मी र सचिव रुद्रहरी तिमिल्सिनाले गरेका थिए ।

कार्यक्रम ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष इश्वर ठाकुर पौडेलको अध्यक्षता उपाध्यक्ष कुमार प्रसाद उपाध्यायको स्वागत र सचिव विरबहादुर किसानको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा ट्रेड युनियन काँग्रेसमा आवद्ध विभिन्न संघसस्थाका ३२ जनाको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *