कांग्रेस सभापती देउवा बागलुङ आउदै


आदर्श अनलाइन, बागलुङ

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा भोली बागलुङ आउनुहुने भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवा भोलीदेखि नेपाली कांग्रेस बागलुङको आयोजना हुँने जिल्ला स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको उद्घाटनमा गर्न आउनुहुने जिल्ला सभापती जीत शेरचनले बताउनुभयो ।

शुक्रबार र शनिबार जिल्ला सम्मेलन संगै प्रशिक्षण गर्ने कार्यक्रम रहेको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा शेरचनले जापनबाट नेपाली कांग्रेको भवन निर्माणमा रु. ६० लाख संकलन भएको बताउदै भवन निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाको सांगठनिक र आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिने छ । जिल्ला सम्मेलनमा सभापती देउवा सहित नेपाली कांग्रेसका नेता कृष्ण सिटौला, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आउने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मलेन जिल्ला पार्टी सचिव हरिहर शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *