कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटना


आदर्श अनलाइन, बागलुङ

कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ ।

उक्त गाडीलाई मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकल चालक गम्भीर घाइते भएका छन् भने सभामुख सवार गाडीमा क्षती पुगेको छ ।

बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुम तर्फ जादै गरेको सभामुख र उपसभामुख सवार गाडीमा बुर्तिवाङबाट बागलुङ तर्फ आउदै गरेको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिनुभयो ।

रुकुम पूर्व हुँदै कर्णालीतर्फ जाँदै गरेको सभामुख नन्दा गुरूङ र उपसभामुख यशोदा न्यौपाने सवार कर्णाली प्रदेश २–००–१ झ ००९३ नम्बरको स्कर्पियो विपरीत दिशाबाट आउँदै गरेको ग ११ प ८१५७ नम्बरको मोटरसाइकलसँग एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

मोटरसाइकलमा ३ जना सवार थिए । मोटरसाईकल अनियन्त्रित भएर गाडीमा ठोक्किएको थियो ।
मोटरसाइकल चालक बागलुङको निसीखोला गाउँपालिका–२ तल्लो ब्यांग्रीका १८ वर्षीय विमल खत्रीलाई थप उपचारका लागि पोखरा पठाइएको सूचना अधिकारी केसीको भनाई ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *