संकल्प सहकारीको ११ औँ वार्षिक साधारण सभा

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले सहकारीले शेयर सदस्यलाई विश्वास दलाउनु पर्ने बताउनु भएको छ । शनिबार बागलुङमा आयोजित संकल्प बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले पछिल्लो समय सहकारीमा समस्या देखिएको भन्दै संचालक, कर्मचारी र सदस्यको समन्वयले मात्रै समाधान हुने बताउनुभयो ।

सहकारीमा व्यक्तिवाद, परिवारवाद र आफन्ताद हाबी भए त्यो संस्था कहिल्यै माथि नउठ्ने उहाँको भनाइ छ । नीति, सिद्धान्त र विधि अनुसार चले मात्रै सहकारीप्रति नागरिकको चासो बढ्ने भन्दै अहिले केही सहकारी संचालकको बदमासीका कारण समस्या देखिएको उहाँले बताउनुभयो । थापाले फरक प्रसंगमा बोल्दै आफू मन्त्री भएपछि गण्डकी प्रदेश वन ऐन पास भएको भन्दै अब वनलाई आय आर्जनको माध्यम बनाउने बताउनुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार केवी राना, काठेखोला गाउँपालिका–१ का अध्यक्ष तथा निर्वाचन समितिका संयोजक खडक थापा, नेकपामा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापा, लखन बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष क्याप्टेन खडकबहादुर पुन, पत्रकार महासंघका सचिव विजय राना, ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उपदत थापा, तथ्याङ्क कार्यालय बागलुङका प्रमुख मुकुन्द शर्मा र शेयर सदस्य तथा निर्वाचन समितिका सदस्य कुल घर्तीले बोल्नु भएको थियो ।

सो अवसरका उत्कृष्ट कारोबारी, बचतकर्ता, जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रेशमबहादुर आलेको अध्यक्षता, लेखा सदस्य शोभा काउचाको स्वागत र शिक्षा समिति संयोजक मनबहादुर थापा (मनिष)को संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *