भूकम्पबाट भएको क्षतिप्रति आदर्श सञ्चार सहकारीद्वारा दु:ख व्यक्त

आदर्श अनलाइन, बागलुङ

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा भएको जनधनको क्षतिप्रति आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले दुख व्यक्त गरेको छ ।

संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, उपसमिति र कर्मचारीहरुको सहभागितामा शनिवार सम्पन्न समिक्षा कार्यक्रमका सहभागीहरुले भूकम्पका कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेका हुन् ।

भूकम्पमा परि ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको थियो । भूकम्प पीडितहरुको राहत तथा उद्धारलाई प्रभावकारी बनाउन नेपाल सरकार सहित सरोकारवालालाई आग्रह गर्दै संस्थाका तर्फबाट घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

संस्थाले भूकम्प पीडितहरुको सहयोगार्थ संस्थाका शेयर सदस्यहरु लगायत देशभरका सहकारीकर्मीहरुलाई आर्थिक सहयोग गर्न समेत आव्हान गरेको छ ।

संस्थाले सञ्चालक समिति, सल्लाहकारहरु, उपसमिति, कर्मचारी र शेयर सदस्यहरुसंग सहयोग संकलन गरी राहत उपलब्ध गराइने संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले जानकारी दिनुभयो ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि सामाजिक कार्य अन्तरगत दैवी प्रकोप लगायतबाट पीडितहरुको सहयोगार्थ विभिन्न सहयोग अभियानहरु सञ्चालन गर्दै आइरहेको छ ।

शुक्रवार राती जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *