नेपाली कांग्रेस बागलुङ–२ को सम्मेलन स्थगन

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेस बागलुङले तिहार अगाडिका सबै पूर्व निर्धारित कार्यक्रम स्थगन गरेको छ । शुक्रबार राति गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा ठूला धन जनको क्षति पु¥याएको हुँदा नेता कार्यकर्तालाई राहत तथा उद्धारमा खटिन आग्रह गर्दै तिहार अगाडिका सबै कार्यक्रम स्थगन गरेको हो ।

कांग्रेसले कात्तिक २१ गते प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सम्मेलन आयोजना गरेको थियो । सम्मेलनलाई सम्बोधन गर्न नेपाली कांग्रेस केन्द्रीय समितिका महामन्त्री विश्वप्रकाश शर्मा आउने पक्का भएको थियो । छिमेकी जिल्ला अप्यारोमा परेको हुँदा नेता कार्यकर्ता उद्दारमा जुट्नु पर्ने हुँदा सम्मेलन स्थगन गरेको क्षेत्रीय सभापति जोकलाल बुढा मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो – “यति बेला छिमेकी जिल्लामा भूकम्पले ठूलो क्षति पु¥याएको छ, यस्तो समयमा हामीहरुले यहाँ कार्यक्रम गर्न उचित नहुने र नेता तथा कार्यकर्ता उद्दार र राहत संकलन तथा व्यवस्थानमा जुट्नु पर्ने हुँदा सम्मेलन स्थगन गरेका हौँ, जिल्लामा हुने अन्य कार्यक्रम पनि तिहार अगाडि नहुने भएका छन्, यहि २१ गते महामन्त्री विश्वप्रकाश शर्मा आउने कार्यक्रमको प्रचारप्रसार र तयारी पूरा भएको थियो, अब यो कार्यक्रम पछि गर्ने गरि स्थगित ग¥यौँ ।”

कांग्रेसले तिहार अगाडि कुनै पनि सभा समारोह नगर्न निर्णय गरेको सभापति बुढा मगरले बताउनुभयो । पूर्व निर्धारित सबै कार्यक्रम तिहार सकिएपछि मात्रै गर्ने उहाँ बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *