दुर्घटनामा परी सहकारी बैंकका सञ्चालक देवकोटाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक माधवलाल देवकोटाको सडक दुर्घटनामा परी सोमबार निधन भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल भैरहवा सडक खण्डको तिलोत्तमाको मणिग्राममा लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१ नम्बरको ट्रकले ठक्कर दिदा देवकोटा सहित २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी बैंकका सञ्चालक, शिक्षा, तालिम तथा सम्मान उप–समितिका संयोजक तिलोत्तमा नगरपालिका निवासी देवकोटा र सोही नगरपालिका वडा नं. २ जानकी नगर बस्ने यादा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको मल विक्रीका लागि सुध्योधनस्थित मानपकडी सेवा केन्द्रमा जाने क्रममा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।

मृतक देवकोटा तिलोत्तमा बहुमुखी सहकारी संस्थाको अध्यक्ष र यादा सञ्चालक रहनु भएको थियो । मृतक देवकोटा र क्षेत्रीको सव तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा राखिएको राष्ट्रिय सहकारी बैंक प्रदेश शाखा कार्यालय बुटवलका प्रमुख नारायण बेलवासेले जानकारी दिनुभयो ।

२०७५ सालदेखि राष्ट्रिय सहकारी बैंकको सञ्चालक रहेर काम गर्दै आउनु भएका देवकोटा पहिलो कार्यकालमा बैंकको सूचना, सञ्चार तथा प्रविधि उपसमितिको संयोजक र हाल शिक्षा, तालिम तथा सम्मान उपसमितिको संयोजक रहेर काम गर्नु भएको बैंकका सञ्चालक राम बहादुर जिसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *