ढोरपाटनमा हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार हुँदै

आदर्श अनलाइन, बागलुङ
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार’ हुने भएको छ । गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको आयोजना र ढोरपाटन नगरपालिकाको सहयोगमा यही मंसिर ८ र ९ गते सेमिना हुने भएको हो ।

सोमबार बागलुङमा पत्रकार सम्मेलन गरि सेमिनाको तयारी थालिएको जानकारी दिइएको हो । समेमिनारमा देशभरका खेलाडीको सहभागिता रहने आईटिएफ तेक्वान्दो संघ गण्डकीका उपाध्यक्ष आकाशचन्द्र घर्ती मगरले जानकारी दिनुभयो । ढोरपाटनको पर्यटन प्रवद्र्धनसँगै खेलाडी तथा प्रशिक्षकको प्राविधिक ज्ञानको वृद्धि विकास, ग्रामीण क्षेत्रमा खेलकुदको विकासका लागि यहाँ सेमिनार आयोजना गरेको उपाध्यक्ष घर्ती मगरको भनाइ छ ।

सेमिनारमा विभिन्न प्रदेश तथा जिल्लाबाट करिब चार सय बढी खेलाडीको सहभागिता हुने संघका सचिव प्रतीक घर्ती मगरले जानकारी दिनुभयो । कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउनका लागि नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय महासचिव घमबहादुर थापा मगरको संयोजकत्वमा विभिन्न १३ वटा उपसमिति गठन गरिएको उहाँको भनाइ छ ।

मिडिया व्यवस्थापन उपसमिति संयोजकमा कविता घर्ती मगर, प्रतीक घर्ती मगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, आकाशचन्द्र घर्ती मगरको संयोजकत्वमा अफिसियल तथा खेल सामाग्री व्यवस्थापन उपसमिति, जीवन पुनको संयोजकत्वमा होटेल व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

खेल प्रदर्शनतर्फ फारमबहादुर महत, अतिथि व्यवस्थापनतर्फ शर्मिला महत, स्टेज तथा साउन्ड सिस्टम संयोजकतर्फ वसन्ती बुढा, खेलाडी व्यवस्थापनतर्फ दिनेश बुढा, यातायात व्यवस्थापनतर्फ विजय पुन, सुरक्षा व्यवस्थापनतर्फ तास्विन पुन, मेडिकल व्यवस्थापनमा केशव थापा र स्वयंसेवक व्यवस्थापन संयोजकको जिम्मेवारी हर्क पुनलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रम सङ्घीय सांसद तथा प्रभु ग्रुपका अध्यक्ष साथै नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका सल्लाहकार देवीप्रकाश भट्टचनले उद्घाटन गर्ने सचिव घर्ती मगरले बताउनुभयो । पछिल्लो समय ढोरपाटनमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *