काठेखोलामा द्रुत सिकाई आयोजना सम्बन्धी अभिमुखीकरण

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिकामा प्रधानाध्यापक बैठक तथा आधारभूत तहमा सिकाई आपूरण र द्रुत सिकाई आयोजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष राजु थापाले शैक्षिक गुणस्तर सुधारका लागि वर्ष नयाँ योजना निर्माण गरि कार्यान्वयन गरि रहेको बताउनुभयो ।

विकासको मेरुदण्ड शिक्षा भएको भन्दै यसको सुधार नभएसम्म अन्य विकास गर्न समस्या हुने उहाँको भनाइ छ । विद्यार्थीलाई आकर्षित गर्ने गरि शिक्षाको गुणस्तर बढाउन तर्फ जोड दिएको अध्यक्ष थापाले बताउनुभयो । वर्षेनी शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै आएको भन्दै कोही पनि बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहन नपर्ने उहाँ बताउनुहुन्छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलकले पछिल्लो समय बालबालिका लागुऔषध दुव्र्यशनीमा फस्दै गएको भन्दै यसको न्यूनिकरण गर्न नसके शिक्षा क्षेत्रको विकास गर्न गाह्रो हुने बताउनुभयो । हरेक विद्यालय अभिभावक र विद्यार्थीको आकर्षण गर्ने खालको हुने बताउनुभयो । शिक्षालाई सुधार गर्ने मुख्य जिम्मेवारी शिक्षकको भएको उहाँको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, शिक्षा समितिका सदस्य एवं वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण पुनले मन्तव्य राख्नु भएको थियो । सो अवसरमा सिकाई आपूरणका लागि विद्यालयका प्रअहरुले कार्य योजना तयार गरेका थिए । कार्यक्रममा बोल्ल्दै हरिकमल प्राविका होमनाथ गौतम, धारा माविका प्रअ कमला थापा, अमर माविका प्रअ भिष्म थापाले कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रमको सहजिकरण शिक्षा शाखा प्रमुख रमा उचैले गर्नु भएको थियो । कार्यक्रम गाउँपालिकाको सामाजिक विकास समितिका अध्यक्ष तथा काठेखोला गाउँपालिकाका–१ का अध्यक्ष खडक थापाको अध्यक्षता र स्रोत व्यक्ति रमानन्द कँडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *