१३ वर्षीया बालिका बलात्कार कसुरमा २६ वर्षीय युवालाई १८ वर्ष कैद सजाय

आदर्श अनलाइन, बागलुङ
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाचथरको फाल्गुन्द गाउँपालिका–६ का २६ वर्षीय सन्तोष आङ्देम्बेलाई १८ वर्ष कैद सजाय भएको छ ।

जिल्ला अदालत बाङलुङका न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले आङ्देम्बेलाई कैदसँगै ७ लाख रुपैयाँ जरिवाना र १ लाख क्षतीपूर्ती सजाय सुनाएको अदालतका इजलाश अधिकारी पदम थापाले जानकारी दिनुभयो ।

आङ्देम्बेले बालिकालाई गत माघ ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए ।

आङ्देम्बेलाई पक्राउ गरेको प्रहरीले अनुसन्धान पुरा गरि फागुन ३ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *