नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर


आदर्श अनलाइन, बागलुङ
नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा दुर्गा कुँवर सर्वसम्मत चयन हुनुभएको छ । शनिबार बागलुङ बजारमा सम्पन्न महासंघको प्रथम अधिवेशनले कुँवरको अध्यक्षतामा १९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हिमाल शर्मा र हिरामणी उपाध्याय, सचिवमा राजु गौतम, कोषाध्यषमा हरि आचार्य, उपसचिवमा राधा देवी सुवेदी ढुंगाना र ससि भट्टराई र सहकोषाध्यक्षमा रेनु हमाल केसी सर्वसम्मत निर्वाचित भएको महासंघका निर्वतमान अध्यक्ष भवनराज बरालले बताउनुभयो ।

यस्तै सदस्यहरुमा मातृका आचार्य, राम बहादुर के.सी., ऋषिराम शर्मा, सुर्य चापागाई, नारायण शर्मा, अनुप रिजा, तिर्थ कुमारी पौडेल, कुमार पौडेल, युवराज कंडेल, विजय पौडेल र बाबुराम लम्साल रहेका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको प्रथम बार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय महासचिव भागिरथ सापकोटाले गर्नुभएको थियो । उहाँले देशको आर्थिक विकास गर्न उद्यमी र व्यवसायीले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले सरकारले व्यवसायी र उद्यमीको समस्या समाधानको लागि गोलमेच सम्मेलन गर्नुपर्ने बताउनुभयो ।

उद्घाटन समारोहमा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव बहादुर कोइराला, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, नेपाल राष्ट्रिय बाणिज्य संघका केन्द्रिय उपाध्याय सञ्जय कुमार श्रेष्ठ र नेपाल राष्ट्रिय व्यापार संगठनका पूर्वअध्यक्ष पुनम प्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संघका अध्यक्ष भवनराज बरालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको सञ्चालन नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य दयाराम पौडेलले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *