तेस्रो जैमिनी महोत्सव हुँदै


आदर्श अनलाइन, बागलुङ
सहारा राहत कोष स्थापनाका लागि आगमी माघेसक्रान्तीको अवसरमा तेस्रो जैमिनी महोत्सव हुँने भएको छ ।

मंगलबार सहारा क्बल जैमिनीले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत आगमी पुष २९ गते देखि माघ ५ गते सम्म तेस्रो जैमिनी महोत्सव गर्न लागेको जानकारी दिइएको थियो ।

माघेसंक्रान्तिको अवसमार लाग्ने पुरानो तथा ऐतिहासिक मेलालाई २०७० सालदेखि सहारा युवा क्लाबको अगुवाईमा मेला तथा महोत्सव हुँदै आएको छ ।

जैमिनी नगरपालिकाको मुख्य सहयोगमा उक्त महोत्सवको आयोजना गरिएको क्बलका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो । जैमिनीको ऐतिहासिक मेला माघेसंक्रमन्ती मेलालाई निरन्तरता दिदै संकृतिको प्रर्बद्धन गर्नका लागि तेस्रो जैमिनी मेला आयोजना गर्न थालिएको हो ।
मेला आयोजना गर्न जैमिनी नगरपालिकाले रु. २० लाख सहयोग गरेको छ । ४६ लाख आम्दानी गर्ने अनुमान गरिएको मेलामा ३८ खर्च हुँने छ भने बचत भएको रु. ६ लाख ५० हजारको सहारा राहत कोष बनाइने छ ।

कोषलाई बढाउदै लगिने छ भने कोषबाट असहाय, अशक्त, दीर्घरोगी गरिब तथा जटिल रोगीहरुलाई सहयोग गरिने अध्यक्ष अध्यक्ष सुनारले बताउनुभयो ।

मेलामा स्थानीय तथा बाह्य औधोगिक उत्पादन सेवाको विक्रि, वित्तिय संस्थाहरुको स्टल प्रर्दशनी, कृषि, जडिबुटि तथा पशुजन्य उत्पादनको प्रदर्शन एवं विक्री, सूचना प्रविधि सम्बन्धी परामर्श र घरेलु तथा हस्तकलाका सामानहरुको पर्दशनी रहने छ । तेस्रो जैमिनी महोत्सव कुश्मिसेरा बजारको सहारा खेल मैदानमा हुनेछ ।

मेलामा वडा स्तरी खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिवल प्रतियोगिता, खुल्ला नौमती बाजा प्रतियोगिता र स्थानीय लोपन्मुख झाँकी प्रर्दशनी गरिने छ ।

महोत्सवमा रमाइलो मेलाको समेत व्यवस्था गरिएको क्लबका कोषाध्यक्ष ओमकार थापाले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा जैमिनी नगरपालिका–१ का वडा अध्यक्ष विष्णु प्रसाद आचार्यले ऐतिहासिक मेलाको प्रर्बद्धन र प्रचार प्रसार गर्दै संस्कृकिको संरक्षणका लागि गर्न थालिएको जैमिनी महोत्सवलाई नगरपालिकाको सबैव सहयोग रहने बताउनुभयो ।
कार्यक्रम क्लबका अध्यक्ष सुरेश सुनारको अध्यक्षता तथा डिल्लि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *