बिवाइसी बागलुङद्वारा हुइलचियर सहयोग

आदर्श अनलाइन, बागलुङ

बागलुङमा क्रियाशिल बिवाइसी बागलुङले अपाङ्गता भएका व्यक्तिलाई हुइलचियर प्रदान गरेको छ ।

बिवाइसी बागलुङले अपाङ्गता भएका व्यक्तिलाई आवश्यक दुईथान हुइलचियर र एक थान बैशाखी प्रदान गरेको हो ।

मानव सेवा बागलुङ शाखाका लागि एक थान हुइलचियर एक थान बैशाखी प्रदान गरिएको बिवाईसी बागलुङका अध्यक्ष मणी शर्माले जानकारी दिनुभयो ।

यस्तै बागलुङ नगरपालिका ३ पेन्सन क्याम्प निबासी बुध कुमारी केसी (पार्वती) को ३२ बर्षिया छोरी बिना केसी लाई एक थान हुइलचियर बितरण गरेको हो ।

आश्रममा रु.१३ हजार बराबरको हुइलचियर तथा बैशाखी र केसीलाई रु. १० हजार बराबरको हुइलचियर बितरण गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *