अमरसिंह कृषि सहकारीको साधारणसभा

आदर्श अनलाइन, पोखरा
अमरसिंह कृषि सहकारी सस्था लिमिटेड कास्कीको नबौ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारका कृषि तथा भुमि व्यवस्थामन्त्री महेन्द्रध्वज जि सीले साधारणसभाको उद्घाटन गर्नु भएको थियो । मन्त्री जिसीले सहकारी मार्फत नयाँ प्रविधिको प्रयोग गरी कृषि क्षेत्रको विकासमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

कृषि सहकारीहरुको प्रवद्र्धनका लागि प्रदेश सरकारले सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उहाँको भनाइ थियो । जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बरालले व्यवसायिक रुपमा कृषि क्षेत्रमा काम गर्नका लागि राज्य र सहकारीबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी कोप्सका अध्यक्ष डिल्लीराम बरालले कृषि नै मुख्य आधार हो कृषि मै आत्मानिभर बन्ने बाताबरण गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समितिका सदस्य चन्द्रा कुमारी पराजुलीलाई सम्मान गरिएको थियो । सहकारी क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *