एमालेको संकल्प यात्रा : बागलुङमा तयारी तीव्र

आदर्श अनलाइन, बागलुङ
‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने मुल नाराका साथ नेकपा एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म सुरु गरेको यात्राको बागलुङमा तयारी तीव्र पारिएको छ ।

मध्य पहाडी पुष्पलाल लोकमार्गको सम्वृद्धिका लागि सुरु गरिएको यात्राको क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित १ सय ५० जना केन्द्रीय नेताहरुको टोली मङ्सिर २० र २१ गते बागलुङमा रहने कार्यक्रम छ । सोही कार्यक्रमलाई चुस्त व्यवस्थापनका लागि तयारी तीव्र पारिएको नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले जानकारी दिनुभयो ।

अध्यक्ष केसीले बागलुङ जिल्लाका १० वटै स्थानीय तहमा तयारी बैठक सम्पन्न गरिएको बताउनु भयो । बागलुङ जिल्लासँगै गण्डकी प्रदेश प्रवेशद्वार निसीखोलाको पातीहाल्नेमा टोलीलाई स्वागत गर्नका लागि सावित्रा रानाको संयोजनमा तयारी बैठक सम्पन्न गरिएको बताउनुभयो ।

तेसैगरी ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा डा. सुर्य पाठकको संयोजन, बडिगाड गाउँपालिकामा सुनिल शेरचनको संयोजन, गलकोटमा मनकुमारी केसीको संयोजन, काठेखोलामा डा.डिल्लीराज गौतमको संयोजन, ताराखोला, बागलुङ बजारसँगै बरेङ गाउँपालिकामा इन्द्रलाल सापकोटाको संयोजनमा तयारी बैठक सम्पन्न गरिएको छ ।

मंसिर २० गते विहान रुकुम र बागलुङ जिल्लाको सिमाना पातीहाल्नेमा स्वागत, सोहीदिन निसीखोलाको झिवाखोलामा भेटघाट, बुर्तिबाङमा स्वागत सहित भेटघाट, बडिगाड गाउँपालिकामा स्वागत, वामी टक्सारमा स्वागत गरि सोही साँझ गलकोटमा स्वागत गरि त्यही बस्ने व्यवस्था मिलाईएको जिल्ला अध्यक्ष केसीले बताउनु भयो ।

२१ गते गलकोटबाट बागलुङ बजार प्रस्थान गर्दा घोडाबाधेमा स्वागत, बागलुङ बजारको लोकतान्त्रीक चोकमा सभा, कालिका मन्दीरको दर्शन र मालढुङ्गा बागलुङ जिल्लाबाट विदाई गर्ने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *