काठेखोलाका विद्यार्थीलाई विपद् सचेतना


खेमराज गौतम, बागलुङ

‘विपद् बाजा बजाएर आउदैन, त्यसैले बेलैमा सचेत बनौं’ भन्ने मुल नाराका साथ बागलुङको काठेखोला गाउँपालिकाका बिद्यार्थीलाई विपद् व्यवस्थापन सचेतना प्रदान गर्न थालिएको छ ।

गाउँपालिकाका सबै माध्यामिक विद्यालयका विद्यार्थीलाई विपद्को विषयमा जानकारी दिने, विपद्का लागि आवश्यक पूर्व तयारी गर्ने र विपद्को समयमा आवश्यक सुरक्षा र सचेतताना प्रदान गर्न शुक्रबारबाट थालिएको हो ।

दिपओए फाउण्डेशन जापानको आर्थिक सहयोग तथा भिमापोखरा कल्याण समाज बागलुङ र सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल बागलुङ शाखाको व्यवस्थापनमा आगमी ८ हप्ता सम्म उक्त सचेतना कार्यक्रम सञ्चालन हुने भएको हो । सेचतनाको शुभारम्भ भिमसेन माध्यामिक विद्यालय बिहुँबाट शुक्रबार गरिएको छ ।

गाउँपालिका भरका ८ विद्यालयका ८०० विद्यार्थी तथा सामाजिक विषय शिक्षक र प्रधानध्यापकलाई सेचतना दिन थालिएको हो । उक्त सचेतना कार्यक्रम प्रत्येक शुक्रबार विद्यालयमा सञ्चालन हुँनेछ ।

स्थानीयतहलाई विपद् व्यवस्थापनमा सघाउन तथा सामाजिक अध्ययनको व्यवहारिक शिक्षाको लागि काठेखोला गाउँपालिकाका ८०० विद्यार्थीलाई विपद् व्यवस्थापनका लागि सेचतना गर्न थालिएको सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल बागलुङ शाखाको अध्यक्ष तथा भिमा पोखरा कल्याण समाज बागलुङको सचिव डिल्लिराज उपाध्यायले बताउनुभयो ।

उपाध्यायले कक्षा ११ र १२ को सामाजिक विषय संग सम्बन्धीत विपद् व्यवस्थापनको विषयमा शैद्दान्तिक संगै व्यबहारिक ज्ञान दिइने छ ।

“काठेखोलाका सबै माध्यामिक विद्यालयमा यो अभियान सञ्चालन हुन्छ, शुक्रबार भिमसेन माध्यामिक विद्यालयका १५० विद्यार्थीलाई विपद् व्यवस्थापनको विषयमा सचेतना गराइएको छ” उपाध्यायले भन्नुभयो “आगमी ८ वटा शुक्रबार ८ विद्यालयका ८०० भन्दा बढी विद्यार्थीलाई सचेतना गरिने लक्ष्य रहेको छ, जस्का लागि विद्यार्थीको खाजा र शैक्षिक सामाग्री सहयोग दिपओए फाउण्डेशनले गरेको छ ।”

कक्षा ९ र १० को सामाजिक विषयमा आधारित विपद् व्यवस्थापन र पूर्व तयारीको विषयमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कोषाध्यक्ष तथा सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल बागलुङ शाखाको सचिव जीवननाथ रेग्मीले सहजीकरण गर्नुभएको छ ।

विपद् व्यवस्थापन तथा सेचतनाको विषयमा प्रत्यक बिद्यालयको सामाजिक विषयको शिक्षक, प्रधानध्यापक र स्थानीय तहका जनप्रतिनिधिलाई सहभागी गराइने छ ।

पहिलो दिनको कार्यक्रममा भिमसेन माध्यामिक बिद्यालयका १५० विद्यार्थी सहभागी थिए ।

उक्त कार्यक्रममा काठेखोला गाउँपालिका–६ का वडा अध्यक्ष बृहस्पती कँडेलले मानवीय विपद् र भैपरी आउने विपद् दुबैबाट बच्नका लागि सचेतना आवश्यक रहेको बताउनुभएको छ । उक्त विपद् व्यवस्थापन सम्बन्धी सेचतनामूलक कार्यक्रममा स्थानीय तह जोडीन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

जापानमा रहेर नेपालका विभिन्न क्षेत्रमा सघाउदै आएको दिपओए फाउण्डेशनले विद्यार्थीलाई विपद् जन्य क्षति न्यूनिकरणमा सहभागी गराउन सहयोग पु¥याएको फाउण्डेशनका संरक्षणक गौरीशंकर शर्माले बताउनुभयो ।

शर्माका अनुसार उक्त फाउण्डेशनले २१ भन्दा बढी संघ संस्था तथा विपद्मा परेकालाई सहयोग गरिसकेको बताउनुभयो । फाउण्डेशनले शैक्षिक अक्षयकोषमा बढी सहयोग गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *