चिटिक्क बेनीको वीरेन्द्रचोक

आदर्श अनलाइन, म्याग्दी
चर्चित गीत ‘बेनीको बजार जता मायाँ उतै छ नजर किरे मिरे जाले रुमाल’ यो गीत नसुनेको साहेदै होलान् । यही गीतका सर्जकहरुलाइ सम्झदै बेनीको वीरेन्द्रचोक टोल सुधार समितिले आफ्नो टोललाई आकर्षक बनाएको छ ।

तत्कालीन राजा वीरेन्द्रको शालिक स्थापना गरेर नामाकरण गरिएको वीरेन्द्रचोकलाई २०६२÷०६३ को जनआन्दोलनपछि भत्काएर चोकको नामै फेर्ने भनिएको थियो । चोकको नाम फेर्ने कुरा चल्यो तर वीरेन्द्रचोकको नाम जनजिब्रोबाट फेरिन भने कहिल्यै सकेन । बिरेन्द्रचोक टोल विकास संस्थाले म्याग्दी सदरमुकाम बेनीलाई चिनाउन सफल ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठ र गायिका धन छन्त्याल श्रेष्ठको आकृतिलाई वीरेन्द्रचोकको पर्खालमा कोरेर सम्झिएका छन् ।

बेनीबजारलाई विश्वभर चिनाउने र अहिले पनि उत्तिकै लोकप्रिय गीतका सर्जक स्वर्गीय टीकाबहादुर र हाल जन्मथलो म्याग्दीबाट बसाइँ सरी रूपन्देहीमा रहनुभएकी धर्मपत्नी एवम् गायिकाको धनको तस्वीर भित्ते लेखनमार्फत गरी नयाँ पुस्तालाई समेत जानकारी दिने प्रयास गरिएको टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनुभयो ।

‘हामीले उहाँहरुलाई सधै सम्झिन्छौ, यो पहिलो प्रयास हो, सधै सम्झना हुने गरी थप अरु पनि काम गर्ने योजना बनाइरहेका छौ’ उहाँले भन्नुभयो । ८० बर्ष भन्दा पूरानो पिपलचौतारीमा प्रवेश गर्ने अपाङमैत्री संरचना नजिकै भित्तामा चित्र बनाएर गीतका शब्द समेत लेखिएको छ । गीत सँधै बज्ने व्यवस्था मिलाउने समेत सोच रहेको उहाँको भनाइ छ ।

२०७७ साल चैत्रमा ७५ वर्षको उमेरमा सर्जक श्रेष्ठको निधन भै सकेको छ । म्यागदीको सदरमुकाम सुन्दर नगरी बेनीलाई चिनाउने ‘बेनीको बजार’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गराउनु भएपछि उक्त गीतले निकै चर्चा कमाएको थियो । श्रीमती मन छन्त्याल र टीकाबहादुरको स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चामा रहिरहन्छ ।

म्याग्दीको प्रमुख प्रशासकीय कार्यालयहरु रहेको बिरेन्द्रचोकमा टोलबासीले टोललाई सफा, स्वच्छ, सुन्दर र हराभरा बनाउने अभियान अन्तरगत आ—आफ्नो घर अगाडी सडकको पर्खाल, बिजुलीको पोलमा गमलामा फूल लगाएका छन् । सार्वजनिक धारा, ८० बर्ष पूरानो पिपलको चौतारीमा विभिन्न संघसंस्थाको सहयोगमा बटुवालाई फलामको बेन्च, सार्वजनिक धारामा शुद्ध खानेपानीका साथै नियमित सरसफाई सहितका गतिविधि गर्ने गरिएको छ । करिब २५ घरधुरी रहेको बिरेन्द्रचोकबासीले आफ्नै लगानीमा टोल बनाउने कार्यले विभिन्न सरकारी निकायबाट समेत सम्मान समेत प्राप्त गरेको छ ।

वीरेन्द्रचोक टोल विकास संस्थाले जिल्लाका मुख्य धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरुको चित्र कोरेको छ । पुलस्त्य पुलहाश्रम, पुलस्त्य ऋषि, राजा वीरेन्द्र, शिबालय मन्दिर, महारानी थान, कमलजैसी थानलगायतको आकृति कोरीएको होर्डिङबोर्ड वीरेन्द्रचोकमा टाँगिएको वीरेन्द्रचोकका बासिन्दा हरिकृष्ण गौतमले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *