‘हामी तलब नपाएको बारे सोध्न गएका थियौँ’-नेपाल निजामति कर्मचारी संगठन

आदर्श अनलाइन, बागलुङ
नेपाल निजामति कर्मचारी संगठनले केही दिन अघि ईपरी न्यूज अनलाईनमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । संगठनले शुक्रबार प्रेस विज्ञप्ती निकाली गत २० गते प्रकाशित ‘शर्मालाई स्टोर सहायकमा राख्न पेशागत संगठनको दबाव’ शिर्षकको समाचार प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा आफुहरुले धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रविरञ्जन प्रधान, प्रशासन अधिकृत सुरज कुमार मलेपति र लेखा अधिकृत लिला गौतम लगायतलाई भेटेको तर कम्प्युटर अपरेटर चन्द्रकला शर्मालाई स्टोर सहायकको रुपमा राख्न दबाव नदिएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘कार्यालयका कर्मचारी कहाँ रहने, के काम गर्ने, कति पारिश्रमिक दिने जस्ता विषयवस्तु कार्यालयको आन्तरिक विषय भएको कुरामा संगठन आफै जानकार रहेको हुँदा त्यस्ता विषयहरुमा संगठनले दबाव नदिएको जानकारी गराउँदछौँ ।’

भेटमा अस्पतालका करारमा रहेका कर्मचारीहरुले चार महिनादेखि तलब नपाएको विषयमा छलफल गरिएकोसमेत उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *