बानपाको छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अमर आदर्शलाई

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अमर आदर्शले जितेको छ । आईतबार सम्पन्न प्रतियोगितामा १४ स्वर्ण सहित २७ पदक जित्दै अमर आदर्श आवासिय माध्यमिक विद्यालयले उपाधि चुमेको हो ।

अमर आदर्शले ९ रजत र ४ काश्य पदक जित्यो । यस्तै ९ स्वर्ण, ७ रजत र १ काश्य पदक सहित १७ पदक जित्दै गणेश माध्यमिक विद्यालय दोस्रो र ८ स्वर्ण, ११ रजत र १६ काश्य पदक सहित ३५ पदक जितेको चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल तेस्रो भएका छन् ।

८ स्वर्ण, १ रजत र ९ काश्य सहित १८ पदक जितेको साविक विजेता सनराईज माध्यमिक विद्यालय चौथो स्थानमा रहेको छ । विजेता अमर आदर्श आवासिय माविलाई ४० हजार रुपैयाँ र उपविजेता गणेश माविलाई २० हजार रुपैयाँ प्रदान गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले जानकारी दिनुभयो । प्रतियोगितामा ३७ विद्यालयले सहभागिता जनाएको नगरशिक्षा शाखाले जनाएको छ ।

तीन दिन सम्म चलेको प्रतियोगितामा ७० इभेन्टमा ६६ स्वर्ण, ६६ रजत र ७५ काश्य गरी २०७ पदकको लागि १ हजार ५ सय विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको नगर शिक्षा अधिकारी पोख्रेलले बताउनुभयो । नगरपालिका स्तरीय प्रतियोगिताको विभिन्न खेलमा सहभागी विद्यार्थीबाट उत्कृष्ट खेलाडी छनोट गरेर जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराईने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *