सन २०२३ मा २६ मानव अधिकार उल्लंघनका घटना

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीमा सन २०२३ को हालसम्ममा २६ वटा मानवअधिकार उल्लंघनका घटनाहरु अभिलेखिकरण भएका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) म्याग्दीले आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक प्रकाशन पूर्वसमिक्षा तथा अन्तरकृया कार्यक्रममा उक्त जानकारी गराइएको हो । इन्सेक प्रतिनिधिले जिल्लामा २६ वटा घटनाहरुको अभिलेखिकरण गरेको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले इन्सेकले अभिलेखिकरण गर्ने कार्य राम्रो संग गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘इन्सेकले गर्ने काम आफ्नो तबरले राम्रो गरेको छ त्यसमा हामीले गर्नु पर्ने भएमा हामी पनि गर्छौ ।’ मुलुकको हरेक प्रकारका मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरुको सबै भन्दा ठूलो अभिलेखालय इन्सेक रहेको बताउँदै उहाँले यस्तो कार्यलाई निरन्तरता दिइ रहन पर्नेमा जोड दिनुभयो ।

नागरिक समाज म्याग्दीका संयोजक सुदर्शन कुमार श्रेष्ठले नागरिकको अधिकार सुनिश्चितताका लागि राज्य जिम्मेवार हुने बताउनुभयो । कतिपय हिंसाका घटनाहरु गाउँघरमै दबेर रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘हिंसा पिडीतले न्याय पाउन पर्छ त्यसका लागि सचेतनाको आवश्यकता छ ।’

महिला मानवअधिकार रक्षक सञ्जालकी संयोजक विष्णु गौतमले ग्रामिण भेकमा घरेलु हिंसाका घटनाहरु निकै बढेको तथ्यहरुले देखाएको बताउनुभयो । हिंसाका घटनाहरुका बारेमा राज्यका निकायमा उजुरी समेत अहिले संख्यात्मक तबरले बढेको बताउनुभयो ।

कार्यक्रममा द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष भीमबहादुर रिजाल, सेनानी प्रकाश घिसिङ, सशस्त्र प्रहरीबलका निमित्त गुल्मपति रामचन्द्र खड्का, राप्रपाका सचिव देवेन्द्र घिमिरेलगायतले बोल्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *