व्यवसाय चलयमान बनाउन बागलुङ महोत्सव

आदर्श अनलाइन, बागलुङ
बागलुङ उद्योग वाणिज्य महासंघले चार वर्षपछि बागलुङ महोत्सवको आयोजना गर्दै छ । यही पौष ११ देखि २१ गतेसम्म आयोजना हुँने बागलुङ महोत्सवको तयारीलाई तिब्रता दिन थालिएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा ‘बागलुङ महोत्सव २०८०’ हुन लागेको हो ।

यस अघि २०७६ सालमा महोत्सव आयोजना गरिएको थियो विगतका वर्षमा गरिएका महोत्सवले बागलुङ बजारको व्यापार फष्ठाउदै आएको थियो । कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन बागलुङ महोत्सव फलदायी हुँने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।

महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउदै कँडेलले महोत्सवमा स्थानीय उत्पादनको छुट्टै स्टल राखिने बताउनुभयो । बागलुङका स्थानीय उत्पादन सुन्तला, गुन्द्रुक, भाँगो र सिस्नोको aपाउडरको प्रर्बद्धन गरिने बताउनुभयो ।

महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पु¥याउने अध्यक्ष कँडेलले बताउनुभयो । महोत्सवमा १२० भन्दा बढी स्टल रहने बताउदै कँडेलले सामाजिक उत्तदायीत्व सहितको महोत्सव गर्न थालिएको बताउनुभयो ।

मेलमा रु. एक करोड ७० लाख आम्दानी गर्ने र एक करोड ४५ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा ७ लाख दर्शक भित्रिने र १० करोडको आर्थिक कारोवार हुने कँडेलले बताउनुभयो ।

महोत्सवको अवसरमा खुल्ला रिले दोहोरी तथा लाईभ दोहोरी गित, खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलन गरिने संघका महासचिवन ऋषिराम गौतमले बताउनुभयो ।

बागलुङ उद्योग वाणिज्यसंघको सामाजिक उत्तदायित्व अन्र्तगत महोत्सवबाट बचत भएको रकमले बागलुङ उद्योग वाणिज्य संघको सामाजिक उत्तरदायित्व अन्र्तगत सदस्य कल्याणकारी कोषमा रु. ५ लाख जम्मा गरिने, धौलागिरी बहुमुखी क्याम्पसको छात्रावृति कोषमा सहयोग गरिने, बागलुङ बजारको सिसि क्यामेरा जडानमा सहयोग गर्ने, कोसेली घर सञ्चालनमा ल्याउने र नेपाल पत्रकार महासंघको संस्थागत विकासमा सहयोग पु¥याइने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *