बागलुङका श्रेष्ठ जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित


आदर्श अनलाइन, बागलुङ
नेपाल जेसीजको उपाध्यक्षमा बागलुङका सौरभ श्रेष्ठ निर्वाचित हुनुभएको छ । आइतबार बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२४ को लागि श्रेष्ठ अत्यधिक मतले विजयी हुनुभएको छ ।

बाह्र जनाको व्यवस्था भएको उपाध्यक्षमा २२ जनाले उम्मेदवारी दिएका थिए । श्रेष्ठले ९२४ मत ल्याएर दोस्रो स्थान हासिल गर्न सफल भएको बागलुङ जेसीजका पूर्वअध्यक्ष सुदिप राजभण्डारीले जानकारी दिनुभयो ।

सौरभ श्रेष्ठ बागलुङ जेसीजका पूर्व अध्यक्ष समेत हुन् । सौरभ श्रेष्ठ बाह्र वर्षपछि बागलुङ जेसीजको तर्फबाट उपाध्यक्षमा निर्वाचित हुँनुभएको छ । यसअघि २०११ मा दमकमा सम्पन्न नेपाल जेसीजको महाधिवेशनबाट सुदिप राजभण्डारी उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *